विभागका महानिर्देशक पाण्डेकै निर्देशनमा गैरकानूनी कामदारलाई अन्तिम श्रमस्वीकृत

- March 14, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बेरोजगारीको मौका उठाउदै नेपाली युवा÷युबतीलाई रोजगारी दिलाईदिने भन्दै गैरकानूनी तबरबाट बिदेश पठाउने गरेको रह¥य खुलेको छ । बैदेशिक रोजगार विभागकै कर्मचारीको संलग्नता र योजनामा लाखौ रुपैयाँ असुली गरि युबा/युबतीलाई विदेशी भुमीमा लगेर अलपत्र बनाई छोड्ने काममा समेत तीब्रता आएको छ ।
गोप्य रुपमा सो विभागबाट प्राप्त सूचनाअनुसार उच्च पदस्थ कर्मचारीकै निर्देशनमा विदाको अधिल्लो दिनको अन्त्यमा मोटो रकम लिएर गैरकानुनी तबरबाट पुगेको फाईललाई सदर गर्ने गरेको आरोप विभाग स्रोतको रहेको छ ।
अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई समेत झुक्काउदै विभागका कर्मचारीले दैनिक लाखौं रुपैयाँ घुस असुलि गरे गैरकानुनी कामदार विदेश जाने नक्कली श्रमस्वीकृत तयार गरि पठाउने गरेको खुलेको छ । विभागले अन्तिम स्वीकृति शाखाका कर्मचारीले सातामा तीन पटकसम्म अवैध रुपले मानिसलाई खाडी राष्ट्र उडाएर भ्रष्टाचार विरोधी निकायको खिल्ली उडाएका छन् । गत तीन महिनाको अवधिमा सो शाखाबाट करीब दश हजार नेपालीलाई कानूनी प्रक्रिया नपु¥याई पैसा असुलेर उडाइएको विभागका एक अधिकृतले नाम नलेख्ने सर्तमा बताएका छन् ।
यसरी अबैधरुपमा कामदार बढीमात्रामा पठाउने कार्या कतार, साउदी अरब, युएइ र बहराइन जस्ता मुलुक रहेको छन् । उनीहरुको अनलाइनमा भिसा नै नदेखिएका, पद, कम्पनी नमिलेका मानिसलाई प्रायः सार्वजनिक बिदाको अघिल्लो दिन अवैध स्वीकृति दिने गरिएको स्रोतको दाबी रहेको छ । कार्यालय समयको अन्तिम क्षणमा प्रक्रिया नपु¥याई दिइएका यस्ता स्वीकृति प्राप्त मानिस सोही दिन राति उड्ने गरेको समेत विभाग स्रोतले जनाएको छ ।

एक पटकमा कममा पनि तीन सय प्रक्रिया नपुगेका मानिससँग प्रतिव्यक्ति २५ हजारदेखि १ लाख ६५ हजार रुपैयाँसम्म लिएर अन्तिम स्वीकृतिका विभाग कर्मचारीको टेबुलमा फाइल लैजाने गरेका छन् । प्रक्रिया नपु¥याई साउदीमा महिला पठाएको रकम भने दलाल मार्फत ८० हजार रुपैयाँसम्म लिने गरिएको छ । अतिरिक्त रकम घुस रकम दिएपछि नियम विपरीत भए पनि सो शाखाका कर्मचारीले उडान स्वीकृतिका छाप लगाइदिने गरेका छन् ।

जाने मुलुकको अनलाइनमा भिसा नदेखिएकाको मूल्यभने ३० देखि १ लाख रुपैयाँ सम्म असुली गरिदै आएको छ । यसरी प्रतिव्यक्ति ३० हजारदेखि १ लाख रुपैयाँसम्म असुल गरी उक्त शाखाका कर्मचारीले ९ हजारभन्दा बढी मानिसलाई अबैध रुपमा अन्तिम श्रमस्वीकृत पत्रमा छाप लगाई दिएका छन् । अहिले पनि बैरोमा अख्तियारबाट खटिने कर्मचारी र प्रहरीको व्यूरोका प्रतिनिधिमा कमी आएको छैन ।

तर, हाल उनीहरूसमेत कमिशनमा बाहिरी रुपमा अनुगमन गरेको आरोप सेवाग्राहीको रहेको छ । अन्तिम स्वीकृतिका एक कर्मचारीले व्युरोमा नियमित रुपले सेवा कमिशन पु¥याउने समेत गरेको आरोप विभागकै एक कर्मचारीले लगाएका छन् । अहिले अख्तियारमा निजामती कर्मचारीको भन्दा बढी प्रभाव प्रहरीको भएकाले पनि बैरोमा कमाउन गएका कर्मचारीले प्रहरीसंग सेटिङ मिलाएपछि धेरै झन्झट व्यहोर्नु नपर्ने बताउछन् ।
यस विषयमा पटक/पटक विभागका महानिर्देशक विश्वराज पाण्डेले मोबाईल उठाएनन् । उनी निकट कर्मचारीलाई सो कमिशन रकम संकलन गरेर सेटिङभित्र रहेकालाई बुझाउने कार्य समेत महानिर्देशक पाण्डेकै निर्देशनमा हुदै आएको समेत विभाग स्रोतको दाबी रहेको छ । सो बारे तीब्रखबर डटकमले थप विवरणको खोजी कार्य जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!