निर्वाचन नगरे सरकारको औचित्य समाप्त : मन्त्री थापा

- February 27, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्न यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ ।”मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रहसमेत गर्नुभयो ।

उहाँले नेकपा एमालेको संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संशोधन गर्नुपर्छ भन्ने सोच अतिवादी हो भन्नुभयो ।मन्त्रालयअन्तर्गत रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफूले प्रधानमन्त्रीलाईदिइसकेको भन्दै यसलाई सरकारले चाँडो निर्णय गर्ने उहाँले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!