सीमा क्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने

- February 27, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ ।स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो ।फलफूल बिक्री केन्द्र रु आठ लाख गरिबी निवारण कोषको सहयोग र रु दुई लाख बराबरको जनश्रमदानसहित रु १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी दिनुभयो । गरिबी निवारण कोषले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सहज बिक्री र बस्नका लागि समेत सहजता हुने बताएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!