घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

- February 27, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ग्रीस । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ ।

यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ ।

ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले कमी आएको ग्रीक आर्थिक दैनिक केर्दोस (नाफा) ले ग्रीक केन्द्रंीय बैंकलाई उद्धृत गर्दै आइतबार जनाएको छ ।

विद्यमान आर्थिक मन्दी, उच्च बेरोजगार दर, कर वृद्धि र कर तथा आर्थिक पक्षसम्बन्धी प्रणालीका साथसाथै सन् २०१५ को गृष्मकालमा भएको पूँजी नियन्त्रण नीतिले घरजग्गा कारोबारको मूल्यमा कमी आएको ग्रीक केन्द्रंीय बैंकको ठहर छ ।

बैंकको अध्ययन प्रतिवेदनअनुसार औसत घरजग्गा कारोबार मूल्यमा सन् २०१६ मा २.२ प्रतिशत, सन् २०१५ मा ५.१ प्रतिशत र सन् २०१४ मा ७.५ प्रतिशतले कमी आएको थियो । रासस/सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!