पत्रकारद्वारा आयोजित रात्रिभोज राष्ट्रपतिद्वारा बहिष्कार

- February 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताउनुभएको छ ।

केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो ।

ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनितिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहने गर्छ ।

ह्वाइट हाउसमा पत्रकारहरुद्वारा आयोजना हुने यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेदलाई पनि पञ्छाउने एक अवसरका रुपमा रहँदै आएको पाइन्छ ।

करिब १०० वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाएको बताइएको छ । तर हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारकबीच सम्बन्ध बिगिँ्रदै आएको छ ।

ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताउनुभएको थियो । रासस÷एएफपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!