टाउकोमा गम्भीर चोटसहित भारतमा कुँवर मृत भेटिए

- February 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बैतडी । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उहाँका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।

मृतक कुँवर दुई दिन अगाडि मात्रै बिहेमा काम गर्न भनी भारत गएको प्रहरीले बताएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!