म्यानपावर व्यवसायी प्रेम कटुवाल पक्राउ

- February 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । महानगरीय अपराध महाशाखाले म्यानपावर व्यवसायी एवं वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाललाई पक्राउ गरे्को छ ।  ब्लु स्काई इन्टरनेसनलका सञ्चालक समेत रहेका कटुवाललाई प्रहरीले पक्रेउ गरेपछि यतिबेला म्यानपावर व्यवसायीहरु कालोधन लुकाउन तल्लिन छन् । महाशाखाका अनुसार कटुवालको माछापुच्छ्रे बैंकको खातामा स्रोत नखुलेको २४ लाख रुपैयाँ शंकास्पद रहेको भेटिएपछि पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख दिनेश अमात्यले छानबिन गर्न उनलाई बिहीबार पक्राउ गरिएको र विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने बताएका छन् । कटुवाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनले यूएई र साउदी अरबमा कामदार पठाउँदै आएका छन् । वैदेशिक रोजगार व्यवसायी संघले कटुवाललाई फसाइएको भन्दै जोगाउन गृहमन्त्री विमलेन्द्र निधि र श्रममन्त्री सूर्यमान गुरुङलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा पठाउने भन्दै म्यापावरहरुले अकुत पैसा लिदैं कामदार ठग्न थालेपछि प्रहरी म्यानपावर संचालकसँग आक्रमक बनेको छ । म्यानपावर व्यवसायीहरु त्रसित बन्दै कामदार ठगेको पैसा कता लुकाउने भन्दै त्रसित बन्न थालेको समाचार स्रोतले बतायो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!