जापानमा नेपालको विकासमा जापानी सहयोग वारेमा छलफल

- February 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशी र जापानको सत्तारूढ़ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरो बिच टोकियोमा भेंटवार्ता भएको छ। यसैगरी उद्योगमन्त्री जोशी र जापानका वातावरण राज्य मन्त्री इतो तादाहीको वीच पनि टोकियो मा भेटघाट भएको छ ।
दुबै भेंटका अवसर मा नेताहरू वीच नेपालको औद्योगीक विकासमा जापानी सहयोग परिचालनका वारेमा छलफल भएको थियो । जापानी नेताहरूले नेपालमा वातावरण मैत्री औधोगीकरणमा सघाउन तयार रहेको बताए । नेपालको योजनाबद्ध औद्यौगीकरणमा सघाउन जापानमा रहेको थिंक्ट्याक  मार्फ़त सहयोग अगाडी बडाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा फोहर मैला व्यबस्थापन जडिवुटी जन्य उद्योग र वातावरण मैत्री औद्योगीक क्षेत्रको स्थापनामा लगानी गर्न इच्छुक रहेको उनले बताए । भूकम्पपछिको पूननिर्माणमा थप सहयोग गर्ने प्रतिवद्घता समेत उनले व्यक्त गरे । नेपाल यहि फागुण १९–२० गते काठमाडौमा आयोजना गर्न लागेको लगानी सम्मेलन मा जापान कातर्फ बाट सहभागिता जनाउने प्रतिबद्धता समेत उनले  व्यक्त गरे ।
सो अवसरमा उद्योग मन्त्री जोशीले नेपालमा अब औधोगीकरण को समय शुरू भएको ले नेपाल मा लगानी विस्तार गरी फ़ायदा लिन आग्रह गरे । विदेशी लगानीकर्ताहरू लाई पनि स्वदेशी लगानीकर्ता सरहको सुविधा उपलब्ध गराउन नेपाल कतिपय नीतिगत सुधार गरीसकेको भन्दै मन्त्री जोशीले भारत र चीनको विशाल हज़ार सम्भावना नेपालमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । दूबै जापानी नेताहरूलाई नेपाल भ्रमणकालागी समेत मन्त्री जोशीले अनुरोध गरेका छन् । जापान सरकारको निमन्त्रणामा उद्योग मन्त्री जोशी साताव्यापी भ्रमणका क्रममा जापानमा रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!