लुकी अर्कैको श्रीमतीलाई भेटेपछि देबिन्द्रले रेट्ने मायालाई…….

- February 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रबासमा रहेर पनि आफ्नो कला संस्कृती मार्फत प्रबासी नेपालीको मन जित्न सफल देबिन्द्र काउचाले राम पुनको परिकल्पनामा बचनले रेट्ने मायालाई नामक दोहोरी गीत युट्युब सँगै बजारमा ल्याएका छन् ।

8 9

बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका मिठो स्वरका धनी काउचाले यस अघि लोकगायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका थिए  । बैदेशिक रोजगारी सँगै काउचाले यस अघिनै बैंश छँदै र आँधी चलाएर गयौ नामक दुइ लोकगीतको एल्बम बजारमा ल्याइसकेका छन् ।

11 13
युवा गायक काउचाकै संगीत रहेको यो गीतमा टिका मास्की मगरको शब्द रहेको छ । काउचाले जुना श्रीस मगरको सुरिलो आवाजको साथ पाएकाछन् । देविन्द्र काउचाको आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

5 12

यसैगरि गायक काउचाले मायामाया, म त पीरमा छु लोक गीत तथा बेशीतिर झर लोक दोहोरी गीत छिट्टै नै बजारमा ल्याउन लागेको जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!