प्रहरी र राजदूतका कारण काँग्रेसमा भाँडभैलो: मासबेस्ड पार्टी हो पार्टी छोडे पनि केही फरक पदैन् : देउवा

- February 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफु नजिक र मोटो रकमको थौली बुझाएर उच्च पदमा राजीतिक नियुक्ती पछि नेपाली काँग्रेसभित्र भित्रै विद्रोहको आगो सल्कि रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपीमा तेस्रो नम्बरका जयबहादुर चन्दलाई नियुक्ती गरेपछि विबादको घेरामा रुमलिरहेको अबस्थामा हालै गरेको राजदूत नियुक्तीले झन विबादले तीब्रता पाएको छ ।
राजनीतिक भागबण्डामा भए पनि प्रस्तावित अधिकांश नामका व्यक्तिहरुको राजनीतिक आवद्धतामा खासै संलग्नता नदिएको र सत्ता पक्षको गुणगान गाई उच्च पदमा नियुक्त भएसंग सुरु भएको विवादले पछिल्लो पटक उग्ररुप लिएको काँग्रेसका एक सदस्यले बताएका छन । ति सदस्यकै अनुसार राजदूत नियुक्तीमा दलीय भन्दापनि आर्थिक लेनदेनमा भएको आरोप समेत लगाएका छन्  । सत्तारुढ प्रमुख दल कांग्रेसमा सभापति देउवाले पार्टी बाहिरकै र अझ वैदेशिक रोजगारी व्यवसायमा संलग्नलाई राजदूत सिफारिस गरेपछि उनी झन विवादमा परेको काँग्रेसले जनाएको छ ।

कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष प्रज्ञन न्यौपाने सहितको एक प्रतिनिधि मण्डलले सभापति देउवालाई भेटेरै हालै युएईको राजदूतमा नाम सिफरिस गरिएकी आशा लामाको नाम फिर्ता लिन दवाव दिएपछि सो विवाद बाहिर आएको हो । सो मण्डलमा सहभागी एक सदस्यका अनुसार लामाले रकमको थैलि बुझाएर राजदूतमा सिफारिस सभापति देउवाले गरेको आरोप समेत लगाएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजनीतिक भागबण्डामा नाम सिफरिस गरेको हो । माओवादी कोटाबाट परेका नाम माओवादी आवद्ध रहेका छन् । कांग्रेसको कोटाबाट परेका विश्म्भर प्याकुरेल र राप्रपा कोटाबाट परेका निरञ्जन थापा बाहेक नेताका नातेदार वा आर्थिक लेनदेनबाट नाम अघि सारिएका व्यक्तिहरु पैसाकै कारण सिफारिसमा परेको दाबी उच्च स्रोतको रहेको छ ।

सभापति देउवालाई भेट्न गएका व्यवसायीहरुको प्रतिनिधि मण्डलले युएईका लागि राजदूत सिफरिस भएकी आशा लामालाई कसरी राजदूत नियुक्त गरिएको भन्दै आपत्ती जनाएपछि भेटमै विवाद समेत भएको एक व्यवसायीले बताए ।
ति व्ययवसायीका अनुसार लामाले अघिल्लो पटक म्यानपावर व्यवसायीको चुनावमा एमालेको प्यानलबाट उम्मेदवार भएको र संविधानसभाको दोस्रो चुनावमा काठमाडौं–४ बाट हेलिकोप्टर चिन्ह लिएर उम्मेदवार भई १४ भोट ल्याएको प्रमाण सहित सभापति देउवालाई जानकारी गराउदा समेत सो बारे कुनै प्रतिकृया नदिएपछि रकम खर्च गरेर राजदूतमा सिफारीस भएको अनुमान लगाएका छन् ।

व्यवसायीले भने,‘आशा लामा कसरी कांग्रेस भइन र उनी के आधारमा कांग्रेसको कोटाबाट राजदूत नियुक्त भइन, जुन देशमा कामदार पठाएर लाभ उठाउन खोज्ने व्यवसायी हो त्यही देशमा राजदूत बनाएर पठाएपछि मानव तस्करी हुँदा कसले जिम्मा लिने ? हामी किन पार्टीमा बसिरहने ।’ सभापति देउवाले मासबेस्ड पार्टीमा मान्छे आउने जाने भइरहने भएकाले पार्टी छोडे पनि केही फरक नपर्ने चेतावनी दिदै लामाको बचाउ गरेका थिए ।
ठेकेदार व्यवसायमा रहेका कांग्रेस नेता जिपछिरिङ लामा मार्फत लेनदेन गरी देउवाले आशालाई युएईको राजदूत सिफरिस गरेका आरोप लगाइएको छ । उक्त चुनावमा कांग्रेसका महासचिव उम्मेदवार कमल तामाङसँग चुनावस्थलमै आशाको झगडा परेको थियो । वैदेशिक रोजगारी ब्यवसायमा आशासँग हुने प्रतिस्पर्धाका कारण पनि कांग्रेसका ब्यवसायीहरु आशाको नाम फिर्ता गर्न दवाव दिंदै देउवा निवास पुगेका थिए ।
आशाको सम्बन्ध व्यवसायी तथा कांग्रेस नेता जिपछिरिङ लामा मार्फत देउवापत्नी आरजुसम्म पुगेकै कारण उनीलाई राजदूत सिफारिस गरेको दाबी गरे ।  नेपालबाट अवैध रुपमा महिलाहरुलाई कुवेत र ओमनजस्ता प्रतिबन्धित मुलुकमा पु¥याएर अकुत सम्पत्ती कमाएको आरोप उनीमाथि लागेको छ । दार्जिलिङकी आशाले नेपालीसँग बिहे गरेर अंगीकृत नागरिकता लिएकी महिला हुन ।
कतारका लागि राजदूत सिफरिस भएका रमेश कोइराला पनि वैदेशिक रोजगारी व्यवसायसँग सम्बद्ध व्यक्ती हुन । टेकबहादुर गुरुङ श्रममन्त्री हुँदा उनको सचिवालयमा रहेका कोइरालाको कामदार पठाउने क्षेत्र पनि कतार नै रहेको छ ।  राप्रपाको कोटाबाट जापानका लागि राजदूत नियुक्त भएकी प्रतिभा राणा कोटा राप्रपाको भए पनि ज्वाइँ देउवाको दवावमा राजदूत बनेको अर्को आरोप समेत लागेको छ । राणा देउवाकी सासु हुन ।  राप्रपाबाटै स्पेनका लागि राजदूत सिफरिस भएका भरत रायमाझी कमल थापाका सम्धी हुन । राप्रपाको कोटाबाट राजदूत सिफारिस भएका निरञ्जन थापा भने राप्रपाकै नेता हुन । फोरम लोकतान्त्रिकबाट ओमनका लागि राजदूत सिफरिस भएकी शर्मिला पराजुली ढकाल पनि फोरमको राजनीतिमा आवद्ध रहेको छैन । उनी ओमनमा श्रमिक पठाएर रकम कमाउनेको सूचीमा परेकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!