बढी मूल्यमा सामग्री बिक्री गर्नेहरुलाई धमाधम कारवाही

- February 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । बढी मूल्यमा सामग्री बिक्री वितरण गरेको पाएपछि कालीमाटीमा रहेका चार पसललाई गत माघ २५ देखिको खरिदबिक्री बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

राइजिङ फ्रेन्डसिप इन्टरनेसनल कम्पनी प्रालि, राधेराधे भेजिटेबल एन्ड फुड्स सप्लार्यस, ऋषेश्वर श्रेष्ठ स्टोर र रामकृष्ण श्रेष्ठ स्टोरलाई आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो । ती पसलले प्रचलनमा रहेको वा बेच्नुपर्ने मूल्यभन्दा बढीमा बिक्रीवितरण गरी उपभोक्ता ठगी गरेको आशङ्का गरी बिलसहित विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमन संयोजक दीपकराज पोखरेलको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा ती पसलले व्यवसाय दर्ता, स्थायी लेखा नं, दर्ता र नापतौल प्रमाणीकरणसमेत नगरेको हुनाले तिनलाई तीन दिनभित्र विभागमा आउन दिइएको निर्देशन नमाने थप कारबाही गर्ने चेतावनी विभागले दिएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!