स्ववियु निर्वाचन स्थगित : ५ दिन पछि गर्ने सहमति

- February 16, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोके पनि एकाएक निर्वाचन रोकिएको छ । फागुन १४ गते गरिने भनी सम्पूर्ण तयारी सकिएपछि सो  निर्धारित मिति परिवर्तन हुने गरि निर्वाचन स्थगित हुने भएको हो ।  त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुसंग गरेको छलफलबाट सो समयमा निर्वाचन नगरि ५ दिन पछि गर्ने सहमती भएको स्रोतले जनाएको छ । स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन निर्वाचन पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो । शिक्षाअध्यक्ष डा. सुधा त्रिपाठीको गाडीमा आगजनी नै भएको थियो । प्रमुख दलका नेताहरुले समयमै चुनाव गर्न सहमति गरेका थिए ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने बताएका छन् । न्यौपानेका अनुसार असन्तुष्टपक्ष चुनावमा सहभागी हुने सुनिश्चता गरेपछि मात्र निर्धारित मितिको चुनाव सार्ने सहमति बनेको हो । यद्यपी यसको अन्तिम निर्णय भने त्रिभुवन विश्वविद्यालयले गर्नेछ । नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।

यो पनि पढ्नुहोस् :

क्याम्पस प्रमुखसहित तीन जना अपहरण : स्ववियु निर्वाचन प्रक्रिया रोक्न चेतावनी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!