क्याम्पस प्रमुखसहित तीन जना अपहरण : स्ववियु निर्वाचन प्रक्रिया रोक्न चेतावनी

- February 15, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हाललाई अगाडि नबढाउन भन्दै विभिन्न क्याम्पसहरुमा यसअघि नै तालाबन्दी गर्दै आएका विप्लव माओवादीको भातृ संगठनका विद्यार्थीहरुले निर्वाचनकोको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनालाई आज अपहरण गरेको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भई सम्पर्कविहीन भएकाले उहाँहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।

उहाँहरु अपहरणमा परे÷नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताउनुभयो । विप्लब नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ । स्ववियु निर्वाचनका लागि आजबाट निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने तयारी थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!