एनसेलको अबैधधन्धामा तीब्रताः कोम्बो प्याकको नाममा लुट

- February 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । अस्थिर सरकारको मौका छोप्दै विभिन्न योजनाको नाममा मोबाईल प्रदायक कम्पनी एनसेलले लुटधन्धालाई तीब्रता दिएको छ । सरकारी उच्च पदस्थ कर्मचारीलाई कमिशनको थैली बुझाएर सरकारी ऐन विपरित विभिन्न योजना सञ्चालनमा रहेको एनसेलको सो लुटधन्धामाथी कारवाही गर्ने तर्फ समेत सम्बन्धित निकायले ध्यान दिएको पाईदैन ।
कहिले राज्यलाई बुझाउनु पर्ने कर छली त कहिले कार दिने भन्दै विभिन्न योजना सार्वजनिक गरेको सो कम्पनीले हाल सम्म उपभोक्तालाई ठग्ने भन्दा अरु योजना नभएको पछिल्लो समय खुलेको छ ।  कर छलीमा समेत विवादमा फस्दै आएको एनसेलले स्थापनाकालदेखि नै विभिन्न योजनाको नाममा ग्राहकलाई ठग्दै आइरहेको यसका उपभोक्ताहरुको गुनासो बढ्दै गएको छ । नेपालमा विदेशबाट आउने कलहरु लाखौं मिनेट हुने गरेके र सो कल समय नेपालका प्रमुख टेलिफोन सेवा प्रदायक एनटीसी र एनसेलले ग्राहक समक्ष पु¥याउने गरेको पाइन्छ ।
विदेशी लगानी तथा निजी क्षेत्रबाट सञ्चालित एनसेलले नेपाली जनतालाई देशमै त ग्राहकहरुलाई हैरान पार्ने गरेको छ । नेपालभन्दा बाहिर रोमिङ कलको सुविधा लिएका ग्राहकले रोमिङ्ग कलहरुमा भुत्तमान खेप्नु परेको गुनासो पीडितहरुको रहेको छ । एनसेलले रोमिङ्ग कलमा कोम्बो प्याक सर्भिसको नामको नयाँ अफरबाट समेत लुटधन्धा सञ्चालनमा रहेको छ । यस अफरबाट ठगिएपछि पीडितहरुले बैंककबाट गुनासो पोखेका छन् । यस अफरबाट आफूलाई सस्तो पर्ने भनेर अफर स्वीकार गरेपछि एनसेलको सो अफर नै बेखबर बनेको र सर्भिस नपाए पनि १ हजार ५ सय भने एनसेलले काटेको गुनासो प्राप्त भएको छ ।
एनसेलको सेल नम्बर ९८०१०३५४१६ ग्राहकले बैंककमा रोमिङ्ग सेवा लिन खोज्दा सेवा नपाए पनि अफरका नाममा १ हजार ५ सय  रुपैयाँ पीडितको मोबाइल खाताबाट काटिएको गुनासो रहेको छ । तर, यसरी अफर स्वीकार गर्दा आउटगोइङ रोमिङ्ग, इनकमिङ रोमिङ्गमा सयौं सेकेण्ड देखाउँदा तथा एसएमएस प्याकेजहरु बाँकी रहँदा पनि फोन नजाने, एसएमएस नजाने भएर दिक्क बनेका पीडित ग्राहकले जानकारी गराएका छन् । अफर खरिद गरिसकेपछि सेवा उपलब्ध नगराएपछि अहिले ग्राहकहरु एनसेलप्रति भंकिएका छन । यसरी नै विभिन्न अफरका नाममा ग्राहकलाई दुःख दिने काम भएमा एनसेलले नेपाली ग्राहकको विश्वास गुमाउँदै जाने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!