प्रहरीमा क्रमभंगता : काँग्रेस सभापति देउवाको अडानले तेस्रो नम्बरका चन्द नियुक्ती गरिदै

- February 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नेपाल प्रहरीलाई नीति र कानूनभन्दापनि दलका नेतालाई सहयोग गरेपछि आफुखुशी बढुवा गरिने क्रमदेखि रोलक्रम मिच्ने क्रममा तीब्रता लिएको छ । तत्कालिन उपेन्द्रकान्त अर्यालभन्दा पहिले आईजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आईजीपी नियुक्तिमा यस्तै रस्साकस्सी चलेसंगै सो कार्य अहिले २५ औं प्रहरी प्रमुख छनोटमा समेत प्रभाब राखेको छ । तत्काल एक नम्बरमा रहेका राना, दुई नम्बरमा रहेका नवराज ढकाल र तीन नम्बरमा रहेका भीष्म प्रसाईवीच टक्कर परेको थियो ।
तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईलाई च्यापेपछि आईजीपी बनाउने खेलमा फोहोरी खेलले निरन्तरता पाएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एक नम्बरमै रहेका रानालाई आईजीपी बनाउने अडान लिएपछि गच्छदारले सो कार्य असफल भएको थियो ।
अहिले पनि परिस्थिति सोही अनुसार प्रमुख नियुक्तीमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफु निकट व्यक्तिलाई २५ औं आईजीपी चयन गर्न १ दिन बाँकी रहेसम्ममा पनि दलका नेताको झगडाले गर्न सकेको छैन ।  अहिले प्रधामन्त्री दाहाल एक नम्बरमा रहेका नवराज सिलवालको पक्षमा रहेका छन् भने सभापति देउवा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दको पक्षमा गएका छन ।
२०६६ सालमा दाहाल प्रधानमन्त्री हुँदा नै एक नम्बरमा रहेका रविन्द्रप्रताप शाहलाई नबनाएर २ नम्बरका रमेश चन्द ठकुरीलाई आइजीपी बनाइएको थियो । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि २०६३ सालमा एक नम्बरमा रहेका राजेन्द्रबहादुर सिंहलाई पाखा लगाउँदै ओमविक्रम राणालाई आईजीपी बनाइएकै कारण सो गलत नजिर अहिले सम्म कायम रहेको छ
नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरिक्षक पदमा दलगत भागबन्डामा नाम चयन गर्न थालेदेखि प्रहरीको चेनकमाण्ड भत्किदै गएको हो । प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाबिच नेपाल प्रहरीको आईजीपी नेपाली कांग्रेस र शसस्त्रको आईजीपीमा माओवादी केन्द्रको सिफारिसमा छनौट गरिएको छ । सहमति अनुसार माओवादी केन्द्रको भागमा परेको शसस्त्र प्रहरीको आईजीमा माओवादी केन्द्रले सिंह बहादुर श्रेष्ठ र कांग्रेसका सभापति देउवाकै भागमा परेको नेपाल प्रहरीमा डिआईजी जयबहादुर चन्दको नामलाई चयन गरेको छ ।
यसरी दलगत भागबन्डामा निर्णय गरेपछि बरियताक्रम अनुसार पहिलो नम्बरमा रहेका सिलवाललाई सो कार्यबाट करिबकरिब बाहिरीइएका छन् । दलगत रुपमा  तीन नम्बरमा रहेका चन्दलाई आइजीपि बनाउने खेलका कारण समग्र प्रहरीको मनोबल कमजोर समेत भएको समेत सुरक्षाक्षेत्रभित्रै चलेको छ ।
कांग्रेसका सभापति देउवाले वरियताक्रम अनुसार तेस्रो नम्बरमा रहेका डिआईजी चन्दलाई आईजीपी बनाउन निर्देशन दिएपछि काँग्रेसभित्र समेत विवाद बढ्ेको छ । गृहमन्त्री निधिले देउवालाई डिआईजी नवराज सिलवाल एक नम्बरमा भएकाले विधि र प्रकृयालाई मिचेर एक नम्बरमा भएकालाई फन्छाएर तेस्रो नम्बरमा भएकालाई ल्याउदा पार्टीभित्रै बदनाम भएको जिकिर काँग्रेस एक सासंदले बताएका छन्। गृहमन्त्री निधि र प्रतिस्पर्धीहरुमा नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भण्डारी रहेका छन ।
काँग्रेसभित्र सो विवादले नेपाली कांग्रेसका नेता बालकृष्ण खाड, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, शंशाक कोईराला र स्वयंम गृहमन्त्री बिमलेन्द्र निधीले समेत रोलक्रम मिच्न नहुने भन्दै सभापति देउवालाई बताएपनि उल्टो विवाद सुरु भएको हो । सीआईबी प्रमुख डीआइजी सिलवाल पछिल्लो समयमा ३४ किलो सुनकाण्डकै कारण हुनै लागेको आइजीपी पदमा नियुक्ती हुनबाट बञ्चित करिब करिब भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!