विश्व क्रिकेट लिग – खेलाडी छनोट

- February 9, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् ।छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन छन् ।त्यसैगरी शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने सो टोलीमा छनोट भएका छन् ।छनोट भएका खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिनेछ । तीमध्ये १४ खेलाडी उक्त खेलका लागि छानिनेछन् । ५२ जना सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी सुपरलिगको माध्यमबाट २४ खेलाडी छनोट गरिएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!