कलाकारलाई कालोसूचीमा राखेको भन्दै पूर्वसंस्कृति मन्त्री र मुख्य सचिवविरुद्ध मुद्दा

- February 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोल । दक्षिण कोरियाका एक जना पुर्वसंस्कृति मन्त्रीविरुद्ध मङगबार मुद्दा दायर गरिएको छ ।

आफ्नो पद र शक्तिको दुरुपयोग गरेर झन्डै १० हजार कलाकारहरुलाई कालोसूचीमा राखेको आरोपमा उहाँलाई मुद्दा दायर गरिएको हो ।

पचास वर्षीय पूर्वसंस्कृति मन्त्री चो युन सुनसँगै पूर्वराष्ट्रपतिका शक्तिशाली मुख्य सचिव किम की चोनका विरुद्धमा पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुले चलचित्र निर्माता, लेखक, चित्रकारलगायतका कलाकारलाई तत्कालिन राष्ट्रपति पार्क गेन हेइको आलोचना गरेको भन्दै कालोसुचीमा राखेका थिए ।

ती कलाकारहरुले सरकारी पक्षको विरोध गरेका थिए भने प्रतिपक्षलाई समर्थन गरेका थिए ।

उनीहरु दुबै जनालाई अघिल्लो महिना पक्राउ गरेपनि औपचारिकमा मुद्दा दायर भने मङ्गलबार मात्रै गरिएको हो ।

“उनीहरुले पद र शक्तिको दुरुपयोग गरेको आरोप छ, तत्कालिन राष्ट्रपतिको भन्दा भिन्न धारणा राखेकै कारण कलाकारलाई कालोसूचीमा राखिएको भनिएको छ,” यस सम्वन्धी मुद्दा हेरिरहेका एक वकिलले भने । रासस÷एएफपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!