अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडामा स्वागत – प्रधानमन्त्री जस्टीन

- January 29, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ओट्टावा । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताउनुभएको छ ।

ट्विटरमार्फत् उहाँले भन्नुभएको छ, “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पार्नुभएको छ ।

“विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उहाँले ट्विटमा लेख्नु भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेख्नुभएको हो ।

ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिनुभएको छ ।

सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ । सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ ।रासस÷एएफपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!