मेलाको नाममा उपभोक्ता ठगी: ७५ प्रतिशत सम्म छुट दिदा सामानको मुल्य कति ? (लेख)

- January 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की………

राजधानीको भृकुटीमण्डप होस या विभिन्न सपिङ मलमा हुने ‘बाह्रमासे’ मेला लाग्ने गरेको छ । एकातर्फ यस्ता मेलाले केही हद सम्म उपभोक्तालाई सजिलो भएको होला तर सो मेलाको नाममा हुने उपभोक्ता ठगीका बारेमा अहिले सम्म कसैको ध्यान गएको देखिदैन । दैनिक हुने मेलाको नाममा अत्याधिक मुल्य सूची राखेर मेलामा गुणस्तरहिन सामानको बिक्री एका तर्फ भएको छ भने अर्को तर्फ करोडौं कर व्यापारिले छली गरेका छन् ।

उपभोक्तालाई ‘सफेद लुट’ गर्दै आएका व्यापारिलाई सरकारले आँखा चिम्लिएर जतिसक्दो कर र उपभोक्तालाई ठग्नु भन्दै मौन स्वीकृति दिएको पछिल्लो गतिविधिबाट पनि प्रष्ट भएको छ । हालै न्यूरोडमा मोबाईल मेला भन्दै ७ देखि ७५ प्रतिशत सम्मको छुट अफरमा मोवाईल बेचियो । सो मेलामा व्यवसयीसंग अधिकारीक मुल्यसूची माग गर्दा विना छाप र फोटोकपी गरिएका भन्सार विन्दु कर (एमआरपी) देखाइएको थियो ।

यहाँ उठाउन खोजीएको कुरा के भने ? एउटा मोवाईलमा ७ देखि ७५ प्रतिशत सम्मको छुट दिदा सो मोवाईल सेटको खास मुल्य कति हो भन्ने नै हो ? आफु जोगी हुनलाई व्यापार गरेको त पक्कै होइन होला ? भनेपछि एक सेटमा त्यतिको छुट दिदा भन्सार दररेटमा व्यापारिले २० प्रतिशत सम्म मुल्य वृद्धि गर्न पाउने ऐन भएपनि उपभोक्तालाई ७५ प्रतिशत सम्मको छुट दिदा कति ठगी गरिएको रैछ भन्ने प्रष्ट हुन आउछ । न्यूरोड पछि लगत्तै ललितपुर मोबाइल कम्प्लेक्समा पनि अग्रेजी नयाँ वर्षको अवसर भन्दै ‘जोप्पो मोबाइल प्रिजेन्टस ललितपुर मोबाइल एक्स्पो २०१७’ गरिने भन्दै प्रचार प्रसार गरिएको छ । सो मेलामा पनि ५ देखि ७५ प्रतिशतको छुटसंगै ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने नारा उद्धोष गरिएको छ ।७५ प्रतिशत छुटसंगै उपहार छानीछानी दिने भएपछि सो मलमा बिक्री हुने मोबाईल सेटको मुल्य कति हो त ? त्यतिसम्मको छुट दिदा व्यापारिलाई कति फाईदा हुन्छ ? प्रश्नमाथी प्रश्न उव्जेन्छ । सो बारे मोबाईल व्यापारिले भन्ने गरेका छन्,‘हामीले घाटाखाएर उपभोक्तालाई सेवा गरेको’ भनी रहदाँ बाह्रैमास हुने मेलाको के अर्थ लाग्छ ? विश्व बजारमा समेत नेपालमा हुने जस्ता मेला महोत्सव हुदैन् तर व्यापारिकै भनाई मान्ने हो भने किन मेलाको नाममा मात्र छुट दिईन्छ ? कित कर छली गर्न त कि नक्कली गुणस्तहिन सामाननै बिक्री गर्ने उदेश्यनै होईन ? यसको यर्थात उत्तर खोज्नु पर्ने बेला आएको छ ।

यदी उपभोक्तामाथी ठगी नगरिएको भए छुटका साथै माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्काे मोबाइल ‘फ्रि’ विश्व बजारमा कुन व्यापारिले दिन सक्छ त्यसैगरि, यही माग १३ गतेदेखि सुरु हुने ‘सुविसु क्यान ईन्फोटेक २०१७’ मेलामा पनि छुटको हुँकार गरिएको छ । सो मेलामा दिने सेवाका स्टलबाट सेवा लिँदा विशेष बोनसको व्यवस्था गरिए भनिएको छ ।
यसरी हुने सवै मेला महोत्वसमा आयोजकले प्रचलित कर ऐन अनुसार स्वीकृत समेत नलिई सञ्चालन गरि रहेका छन् । व्यापारिले सरकारलाई चुनौति दिदै उपभोक्ता ठगी गरिदा समेत सम्बन्धित पक्षलाई कारवाही समेत गर्न सकेको छैन । अब समयमा यस सम्बन्धमा सरकारी निकायको ध्यान नजाने हो भने उपभोक्ता मेलाको नाममा ठगीनै रहने छन भने अर्कोतर्फ कर छली अत्याधिक हुने छ । यस सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु जरुरी छ । जय होस ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!