उद्योगमन्त्रीले सार्वजनिक गरे प्रगति विवरण : अल्लो प्रशोधन मेसिन जडान गरिने

- January 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले स्थानिय क्षेत्रमै अल्लो प्रशोधन गर्न २२ जिल्लामा मेसिन जडान गर्ने कार्यालाई अन्तिम चरणमा पुगेको बताएका छन् ।  आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएका हुन । उनी सो मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरिएको कार्यक्रममको प्रगति विव्रण सार्वजनिक गर्नेक्रममा अल्लो व्यवसायीलाई सहयोग पु¥याउने उदेश्यले नयाँ कार्याक्रम राखिएको बताए ।

उनले अल्लो प्रशोधन जडान गर्ने २२ जिल्लामा सो प्रशोधन केन्द्र राखिने निर्णय भई अर्थमन्त्रालयबाट समेत बजेट पास भई सकेको बताए । हाल ११ जिल्लाको टुङ्गो लगाइसकेको छ भने ११ जिल्ला छनौटका क्रममा रहेको समेत उनले जनाए । मन्त्री जोशीका अनुसार डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, पर्वत, दाङ, रोल्पा, सोलुखुम्बु, संखुवासभा र सुर्खेतमा अल्लो प्रशोधन मेसीन जडान गर्न लागिएको छ ।

यस्तो मेसिन एउटाको ९ लाख रुपैयाँ पर्ने समेत उनले बताए । यसअघि ३० लाख खर्च लाग्ने बताइएको थियो । नेपाली इन्जिनियरहरुले नै अल्लो प्रशोधन मेसिन बनाएकाले लागत खर्च ९ लाखमा झरेको उनले बताए । मन्त्री जोशीले भने, ‘नेपाली इन्जिनियरहरुले नै अल्लो प्रशोधन मेसिन बनाएका छन्, जसका कारण हामीले ९ लाखको हाराहारीमा मेसीन जडान गर्ने भएका छौं ।’

अल्लोबाट उत्पादित कपडा तथा धागोका साथै गलैंचा विदेशमा निर्यात हुँदै आएको छ । लघु उद्यम विकास कार्यक्रमका प्रमुख डा. लक्ष्मण पुनका अनुसार अल्लोबाट उत्पादित कपडाहरु अमेरिका, जर्मनी, बेल्जीयम, जापान, अष्ट्रेलिया र स्वीजरल्याडमा निर्यात हुने गरेको छ । पुन भन्छन् ‘प्रयोग नगरेपनि अल्लो कहिएर जान्छ । त्यसैले यसलाई बाताबरणलाई कुनै नराम्रा गर्दैन, जति काट्यो त्यती फैलिन्छ त्यसैले अब हामीले यसबाट निर्मीत कपडाको निर्यात बढाउन पर्छ ।’

सुरुमा सरकार आफैंले यो मेसीन जडान गरिदिनेछ र समुदायलाई हस्तान्तरण गर्ने योजना छ । साथै सरकारले २२ जिल्लामा विभिन्न महिलाहरुलाई अल्लो प्रशोधन सम्बन्धी सिपमुलुक तथा उद्यमशील तालिम दिने भएको छ । अल्लो प्रबर्धन गर्नका लागि सरकारले अल्लो दिवस मनाउने तयारी गरेको मन्त्री जोशीले जानकारी दिए । उद्यमी समूह गठन गरेर मेसिन सञ्चालन जिम्मा दिने तयारी भएको उनले जानकारी दिए । अल्लो प्रशोधनका लागि मेसिन नभएको सम्बद्ध उद्यमीबाट गुनासो आएपछि उद्योगमन्त्रीले खरिद प्रक्रिया अघि बढाएका हुन् । मेशिनबाट अल्लो प्रशोधन गरेर धागो उत्पादन भएपछि उत्पादन लागत आधा सस्तो हुने उनले जानकारी दिए । अल्लो उत्पादनमा बढी महिलाको सहभागिता रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ४ अर्ब रुपैयाँको अल्लो निकासी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अल्लोको धागोलगायत कपडा गरी वार्षिक १५ अर्ब रुपैयाँ बढीको निकासी हुने सम्भावना रहेकाले यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न प्रक्रिया अघि बढाइएको हो । अल्लोको धागो गलैँचामा पनि प्रयोग हुने भएको छ । हाल देशका ५८ पहाडी तथा हिमाली जिल्लामा अल्लोको रुख रहेको सो अवसरमा जानकारी दिइयो । हाल अल्लोको केन्द्र दाङ भएको छ ।
विदेशमा १ हजार टन अल्लोको धागो तथा माग रहेको सो अवसमा जानकारी दिइयो । सरकारले आउँदो फागुनको पहिलो साता अल्लोको बजारीकरणका लागि अभियान नै सुरु गर्ने भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!