ओशिशलाई राष्ट्रब्यापी एकेडेमीस्तरीय क्रिकेटको उपाधि, बालुवाटार पराजित

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौँ । नेक्सस् इन्टर नेशनल एकेडेमीले आयोजना गरेको कुलबहादुर कट्वाल प्रथम अण्डर फोर्टिन टि ट्वान्टीकप क्रिकेट प्रतियोगिताको उपाधि ओशिश क्रिकेट एकेडेमीले जितेको छ ।

पेप्सीकोलामा आज भएको फाइनल खेलमा बालुवाटार क्रिकेट एकेडेमी २२ रनले पराजित भयो । टस जितेर ब्याटिङ रोजेको ओशिशले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बालुवाटारले ४ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो ।

पेप्सीकोलास्थित नेक्सस् इन्टर नेशनल एकेडेमी अन्तर्गतको नेक्सस् क्रिकेट एकेडेमीले पुस २६ गतेदेखि आयोजना गरेको प्रतियोगितामा ९ टिम सहभागी थिए । विद्यालय तहबाटै क्रिकेट खेलाडी उत्पादनका लागि सहयोग गर्न यस किसिमका प्रतियोगिताले सहयोग गर्ने भएकाले खेल आयोजना गरिएको विद्यालयका प्राचार्य आर बी कट्वालले जानकारी दिनुभयो ।

विजेता खेलाडीलाई आज सामान्य प्रशासनमन्त्री केशवकुमार बूढाथोकीले ट्रफी, मेडल प्रदान गर्नुभयो । पुरस्कार वितरण कार्यक्रममा उहा“ले विद्यालय तहबाटै क्रिकेटको विकासका लागि क्रिकेट लगायतका खेलको आवश्यकता पर्ने भन्दै सरकारबाट सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगितामा प्रतियोगितामा नुवाकोट क्रिकेट एकेडेमी, नेक्सस् क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट एकेडेमी, ग्रेटर हिमालयन क्रिकेट एकेडेमी, ओशिश क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल, साइन्स स्पोर्टस एकेडेमी, रोयल काडमाडौ क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी थिए । प्रतियोगितामा म्यान अफ दि सिरिज बालुवाटार एकेडेमीका इरफान खान, बेस्ट ब्याट्सम्यान प्रियांशु श्रेष्ठ, बेस्ट बलर ओशिशका आशीष भुषाल घोषित भए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!