यदु भट्ट विद्या पुरस्कार प्रदान

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको  बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ । गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो ।

जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाका छात्र क्रमशः प्रशान्त श्रेष्ठ र छात्रा दिक्षा सुनुवारलाई शिक्षामन्त्री धनीराम पौडेलले प्रमाणपत्र, नगदसहित सम्मान प्रदान गरेका छन् । विद्यालय र पुरस्कृत विद्यार्थीले जनही २५/२५ हजार पुरस्कार प्रदान गरिएको छ । बीबी ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि ४५ लाख रुपैयाँ रहेको ट्रस्टको अक्षय कोषको राशी बढाएर ५० लाख पु¥याउने घोषणा गरे । यो शिक्षा क्षेत्रमा निजी रुपमा स्थापना गरिएको ठूलो ट्रस्ट हो ।
गैर आवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका भट्टले विश्वका ७५ देशमा गैैर आवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताए । उनले भूकम्पले भत्काएका करिब एक हजार विद्यालय भवनहरूलाई सार्वजनिक–निजी साझेदारीको मोडलबाट निर्माण गर्न सकिने बताए ।

शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्र सुधार परियोजना अन्तर्गत सरकारले गाउँगाउँमा विद्यालयहरू खोल्न थाले पनि अभिभावकहरू भने गुणस्तरीय शिक्षाको खोजीमा सहर वा सदरमुकाम पस्ने प्रवृत्तिमा सुधार ल्याउन सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए । बीबी ट्रस्टका संरक्षक यदु भट्टले सामुदायिक विद्यालय भन्दैमा सबैको गुणस्तर कमजोर हुन्छ भन्ने सोच्न नहुने भन्दै गोरखाबाट प्रवेशिका परीक्षामा उत्कृष्ठ अंक ल्याउने दुवै विद्यार्थी सामुदायिक विद्यालयकै हुनुले इच्छाशक्ति हुने हो भने यस्ता विद्यालयहरूबाट उत्कृष्ठ जनशक्ति जन्माउन सकिने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!