पर्यटक आकर्षणका लागि ‘स्वास्थ्यसम्बन्धी प्याकेज’

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचुरिटी टुर एन्ड ट्राभस’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ ।

स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक स्वास्थ्यसम्बन्धी प्याकेज ल्याएको हो ।

पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिनुभयो ।

“यो योजना पहिलो पटक नेपालमा ल्याएका छौँ, यसबाट नेपाली तथा विदेशीले घुमघामसँगै आफ्नो सम्पूर्ण शरीरको उपचार समेत गर्न पाउनेछन,”–उहाँले भन्नुभयो ।

नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्यान्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशा सम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । यो प्याकेजका लागि प्रत्येक पर्यटकले रु ५० हजार खर्च गर्नुपर्ने हुन्छ । उताबाट आउनेका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी प्याकेज लिन पहिला सेवाग्राहीले स्वास्थ्य सम्बन्धी रिपोर्ट अस्पताललाई बुझाउनुपर्ने हुन्छ ।

कम्पनीले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने र हाल ती मुलुकबाट उल्लेख्य सेवाग्राही आएको प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो । कैलाश टूरका लागि पनि अहिले धेरै पर्यटक नेपाल आएको बताइन्छ । नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!