सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको रघुबीरको खुलासा

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विदेशबाट नेपालको बाटो हुदै भारत लगायत अन्य देशसम्म अबैधरुपमा सुनको ओसार प्रसार (तस्करी) कार्यामा गृह रअर्थमन्त्रालयकै संलग्नता रहेको एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले खुलासा गरेका छन्।  राजधानीमा भएको एक कार्याक्रममा  उनले भने,‘‘यो सानो तिनो माछाको काम नै होईन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन्।’ नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गरे।
उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन्।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!