सरकारी र गैरसरकारी संस्थालाई नछाड्ने विप्लब माओवादीको चेतावनी

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । गाउँ–गाउँमा जनसरकार सत्ता सञ्चालन गरेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) सिन्धुपाल्चोकको पाँच औं जिल्ला सम्मेलन सकिएको छ । जिल्लाको मेलम्चीमा भएको सम्मेलनले चिरन तामाङ ‘हिमाल’को नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बैज्ञानिक समाजवाद स्थापना र दलाल संसदीय व्यवस्थाको निर्णायक आन्दोलन, एकिकृत जनक्रान्तिको पक्षमा एेतिहासिक सिन्धुपाल्चोकको ५ औं जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन सकिएको थियो । पार्टीका पोलिटब्युरो सदस्य रणबहादुर बमको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो । सेक्रेटरी हिमालका अनुसार यसअघि उक्त पार्टीले जिल्लाको चौतारा, बाह्रविसे, मेलम्ची र जलविरेलगायत ठाउँमा कार्यक्रम गरेको थियो ।

जनतालाई दुःख दिएर झुलाउने, घुस लिने, भूकम्प पीडितको नाममा करोडौं कुम्ल्याउने जिल्लाका संघसंस्थाहरुको पनि कारवाहिको लागि सूचि तयार गरेको बताइएको छ । उनीहरुलाई चाँडै कारवाहि गर्ने बताइएको छ । अबको आफ्नो कार्यकालबारे हिमाल यसरी बताए ।

जनतालाई दुःख दिने सरकारी र गैरसरकारी संस्थालाई नछाड्ने चेतावनी

योसंगै जिल्लामा रहेका भष्ट्र सरकारी कर्मचारी र भूकम्प पीडितहरुलाई झन पीडित बनाइरहेका गैरसरकारी संस्थाहरुलाई नछाड्ने सेक्रेटरी हिमालले बताएका छन् । जिल्लाका विकासे अड्डाहरुलाई जनतालाई दुःख दिइरहेको बताउँदै हिमालले भने ‘अब दुःख र सास्ती दिएका जिल्लाका सरकारी र गैरसकारी संस्थालाई ठेगान लगाइदिने चेतावनी दिए ।’

यसअघि जिल्ला कार्यक्रम सञ्चालन गरिरहेको अन्तराष्ट्रिय संस्था सेभ चिल्ड्रेनको गाडी उक्त पार्टीले पेट्रोल बम प्रहार गरेको थियो । भूकम्प पीडितको राहतमा अनियमितता गरेको भन्दै कारबाहि गरेको बताएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!