स्याङ्जालाई रामपुर भलिबल कपको उपाधि

- January 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रामपुरपाल्पा । रामपुर भलिबल कपको उपाधि स्याङजाले हात पारेको छ ।रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा नवलपरासीलाई स्याङजाले हराउँदै उपाधि हात पारेको हो हिजो भएको फाइनल खेलमा स्याङजाले नवलपरासीलाई तीन सेटले हराउँदै रामपुर भलिबल कपको उपाधि हात पार्न सफल भएको हो । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् ।प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!