भारदहमा आगलागी रु सत्र लाखको क्षति

- January 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राजविराज । सप्तरीको भारदह गाविस–३ मा बिहीबार साँझ आगलागी हुँदा रु १७ लाख भन्दा बढीको क्षति भएको छ ।स्थानीय कपलेश्वर माझीको गाईगोठबाट अचानक सल्केको आगोले निजको एउटा घर तथा छिमेकी गजेन्द्र माझीको गाईगोठ गरी दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।आगलागी कुन कारणले भएको खुल्न नसकेको बताइएको छ ।आगलागीबाट गाई गोठभित्र रहेको एक थान ट्र्याक्टर, एक थान थे्रसर तथा एक थान साइकल, अन्नपात, भाडावर्तनसहित नगद जिन्सी गरी रु १७ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!