श्रमजीविको पहलमा विकटमा खुल्ने भो स्कुल

- January 19, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मकवानपुर जिल्लाको दुर्गमस्थल मानिने राई गाऊ गाविस विश्व एक्काइसौं शताब्दिले फर्को मार्दा समेतत ढ्ंगे युग सरहको अवस्थामा गुज्रिरहेको छ । हो, यहि गाऊँका मानिसहरु अहिले पनि शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी र बाटोघाटोको सुविधाबाट बञ्चित भैरहेको अवस्था छ ।

दुरीको हिसाबले काठमाडौं जिल्लाबाट जोडिएको जिल्ला भएरपनि उक्त गाऊँ क्षेत्र विकट र दुर्गमस्थल बन्नुमा राजनेताहरुको भूमिका शुन्य भएको स्थानीयहरु बताउँछन् । यहि राई गाऊँका मजदुर किशानहरुले शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देृश्यले श्रमजीवि ट्रेड युनियन महासंघ नेपालको पहलमा सो क्षेत्रमा स्कुल खुल्ने भएको छ ।

श्रमजीवि ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष राम तामाङ, महासचिव नेत्र लिम्बु, उपमहासचिव सुरेशकुमार श्रेष्ठ श्रमजीवि यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष धनबहादुर केसी र सल्लाहकार सुमन खड्का समेतको टोलीले उक्त क्षेत्रमा गई स्थानीय समितिलाई सो क्षेत्रमा शिक्षाका निम्ति उचित बाताबरण नभएको देखिएको भन्दै स्कुल संचालनका प्रयास अगाडि बढाउन महासंघका जिल्ला अध्यक्ष लक्ष्मीकुमार राई र यातायात मजदुर संघका जिल्ला अध्यक्ष राजमान राईलाई निर्देशन दिइएको बताइएको छ ।

त्यसैगरि सो गाउँका मानिसहरु मर्दा र पर्दाको अव्सथामा खोला परिको गाउँ सिन्धुली जिल्ला जोड्ने बाटोमा पर्ने बागमती खोलामा हालसम्म पनि पुल नबनेको स्थानीयबासीहरुले गुनासो गरेको भन्दै महासंघले पुल बनाउने प्रयास अघि सार्ने भएको महासंघका केन्द्रीय अध्यक्ष राम तामाङले जनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!