पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण

- January 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । कास्कीको पर्यटकीय गाउँ मिर्सामा सञ्चालित घरवास कार्यक्रमलाई अभिप्रेरित गर्न परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल कास्कीको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रवद्र्धनमा उक्त भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीले मिर्सा गाउँमा सञ्चालित घरवास कार्यक्रमको अवलोकन गरेको थियो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला अध्यक्ष तारानाथ पहारीले घरवास कार्यक्रमको प्रभावकारिताका लागि स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटनमा नयाँ अवधारणाका साथ २०६७ सालदेखि घरवास कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।मिर्सा घरवास कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धीकुमारी गुरुङका अनुसार १७ वटा घरमा सञ्चालन भएको घरवास कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!