गृह र अर्थमन्त्रीलाई भजाउदै सुन तस्कर गर्ने यि हुन

- January 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । महाविनाशकारी भुकम्पले भग्नाबेश भएको तातोपानी भन्सार कार्यालय बन्द भएपछि एकाएक रसुवाको केरुङ नाकाबाट अबैध रुपमा सुन तस्करी कार्यामा आएको तीव्रता सरकारले नियन्त्रण गर्न सकेको छैन । सरकारकै गृहमन्त्री र अर्थमन्त्रीको पहुँचमा पुगी घरजग्गा कारोबारबाट सडकमा आईपुगेका भरिया व्यवसायीहरु अहिले रसुबा नाका हुदै सुन तस्करमा सकृय भएका छन् ।
लामो समयदेखि तातोपानी नाकाबाट हुने गरेको तस्करी रसुवागढी नाका भएर हुन थालेसंगै केही सुस्त रहेको सो तस्करी कार्या संगै पक्राउ समेत धेरै हुन थालेको छ । तातोपानी नाका बन्द भएपछि तिल्मीलाएका तस्करहरुले रसुवागढी नाकालाई सुन तस्करीको अखडा बनाएर अगाडि बढ्न थालेका हुन् ।
नेपाली कांगे्रसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्हालेसंगै रसुवागढी नाकाबाट सुनको तस्कारी बढी फस्टाउन थालेको आरोप समेत सम्बन्धित क्षेत्रका व्यवसायीहरुले नाम नलेख्ने सर्तमा बताए । तातोपानी नाकामा क्यारिङको जिम्मेवारी लिएका अधिकाशं व्यापारिहरु सो नाकाबाट सुन तस्कारी कार्यमा क्रियाशिल भएका हुन ।

रसुवा नाकाबाट सुन बोकाउनेहरु:
राजेन्द्रकुमार श्रेष्ठ
बच्चु पौडेल
नारायण पौडेल
गोपाल श्रेष्ठ
नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा लगाउको अंकुशपछि सडकमा आएका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेन्द्रकुमार श्रेष्ठ, लामो समयदेखि हुण्डीको कारोबार गर्दै आएका बच्चु पौडेल, नारायण पौडेलले नेपाली कांग्रेसका नेताहरुलाई प्रयोग गरेर निधिसम्म पहुँच पु¥याएर तस्करीलाई अगाडि बढाएको आरोप समेत स्रोतको रहेको छ ।
तातोपानी नाकाबाट तस्कारी गर्दै आएका माओवादी केन्द्रका गोपाल श्रेष्ठलेको समुहले अर्थमन्त्री कृष्णबहादुर महराको नाम भजाउदै रसुवागढी नाकाबाट तस्कारीको जालो फैलाएका छन् । घरजग्गा कारोबारमा बैंकको कडाई र भुकम्पका कारण बन्द रहेको तातोपानी भन्सार नाकाबाट अबैध कारोबार गर्नबाट बन्चित रहेका उनीहरुले अहिले रसुबा नाकाबाट सो अबैध कारोबार सुरु गरेको अरोप लगाईएको छ ।

प्रहरीले पहिलो पटक २०७१ असार १७ गते १० तोला अवैध सुन बरामद गरेको थियो । त्यसयता अहिलेसम्म त्यस्ता ७ घटना सार्वजनिक भएपछि यो तस्करीको प्रमुख नाकाका रूपमा चिनिन थालेको हो । जिल्ला प्रहरीका अनुसार ०७१ साउन ६ मा सम्झना तामाङबाट ६ तोला, ०७२ साउन १६ मा योसाङ तामाङबाट १ किलो र माघमा चिनियाँ नागरिक लोण्डलिङबाट १२ तोला सुन बरामद भएको थियो । यस्तै चैतमा बाग्लुङका तेम्वा रिन्जेन गुरुङबाट २२ तोला, ०७३ जेठ ३० मा काङकाङबाट ६ किलो र पुस ६ मा विरेन तामाङबाट ५ किलो सुन समातियो ।

प्रहरीले जिल्लाभित्र सानो परिणाममा बरामद गरेको जनाए पनि यो नाका प्रयोग गरेर राजधानीसम्मै ठूलो मात्रामा सुन पुगेपछि नेपाल र चीन बीचको एकमात्र व्यापारिक नाका बदनाम हुन थालेको छ । प्रहरीले काठमाडौंको थानकोटमा पुस १३ गते ७ किलो र शनिबार मात्रै १५ किलो सुन बरामद गरेको छ । सानो परिणाममा आउने सुन धेरैजसोले लगाउन मिल्ने गहना तयार गरी ल्याउने गरेको पाइएको छ । पक्राउ परेका व्यक्तिले कानमा लगाउन मिल्ने रिङ, चुरा र चेन बनाएका सामान ल्याउने गरेको पाइएको प्रहरीले जनायो ।

रसुवागढीबाट राजधानी फर्कंदा बेत्रावतीसम्म मात्रै नेपाल प्रहरी, सशस्त्र र सेनाका गरी ९ वटा चेकपोस्ट पार गर्नुपर्छ । यति धेरै ठाउँको जाँच छल्दै सुन राजधानीसम्म पुग्ने गरेको हो । साँघुरो कच्ची सडक, भौगोलिक विकटता, बलियो सूचना संयन्त्रको अभाव र चेकजाँचमा आधुनिक प्रविधिको प्रयोग अभावले रसुवागढीबाट भित्रिने अवैध सुन राजधानीसम्म पुग्न सकेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताएका छन् ।
जिल्ला तानिए इन्चार्ज
रसुवा र नुवाकोटका दर्जन सुरक्षा चेक पोस्ट छल्दै अवैध सुन राजधानी भित्रिन थालेपछि रसुवागढीका इन्चार्ज असई ज्योतेन्द्र भण्डारी जिल्ला तानिएका छन् । जिल्ला प्रहरी कार्यालयले उनको ठाउँमा कुमार श्रेष्ठलाई पठाएको छ । तर, प्रहरी निरीक्षक सानुबावु भण्डारीले असई भण्डारीको जिल्लाबाहिर सरुवा भएकाले सदरमुकाम फिर्ता बोलाएको बताए ।

चीनसँगको एकमात्र नाका रसुवागढी र त्यहाँबाट भित्रिने सामान चेकजाँचको जिम्मा पाएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बस्नका लागि नाकामा व्यवस्थित कार्यालय भवनसमेत छैन । प्रहरीले केरुङबाट आएका यात्रु र सामान सामान्य टेकोमा अड्याएको काठको फलेकमा राखेर चेकजाँच गर्दै आएका छन् । सीमा प्रहरी चौकी सामान्य टेन्टमै अस्तव्यस्त रूपमै चलिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!