राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै ऐन विपरित विवाह समारोह

- January 16, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की…………

काठमाडौं । राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै आफ्ना सन्तानको विवहा समारोह समाज सुधार ऐन विपरित आयोजना गरेको आरोप लागेको छ । राष्ट्रपति विद्यादेबी भण्डारीको कान्छीछोरी र पुर्वराष्ट्रपति डा. रामवरण यादबको नातीबीच भएको विवहामा सरकारी ऐनलाईनै लत्याउदै जन्तीको लस्कर शीतलनिवास प्रबेश गरेसंगै सो ऐन विपरित विवाह समारोह भएको आरोप सहभागीबाटै लगाईएको छ ।

सो विवहा समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निमन्त्रण दिएपछि सोमबार शीतलनिवासमा अतिथिका रूपमा सोमाबार पहिलो पटक गएका छन् । २०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ ।

पूर्वराष्ट्रपति डा. यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गरेका छन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास पुगेका हुन । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी भएका छन् । जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासबाटै गरेपछि पुर्वराजादेखि कार्याकर्ता समेत सो विवहा समारोहमा पुगेका छन् ।

समाज सुधार ऐन अनुसार ५१ जनाभन्दा बढी जन्ती नल्याउन राष्ट्रपति कार्यालयले दुलहा पक्षलाई आग्रह गरेको भएपनि सो आग्रहलाई बेवास्था गर्दै जन्तीको लस्कर शीतलनिवास प्रबेश गरेको हो । जन्ती र घरपक्ष गरी करिब २ हजार जना भन्दाबढी वैवाहिक समारोहमा सहभागी भएको अनुमान गरिएको छ । सहभागीका लागि दिवाभोजको व्यवस्था ‘कार्की पार्टी प्यालेस’ लाई क्याटरिङले जिम्मेवारी दिएको छ । यसअधिपनि गर्भनर चिरञ्जीवि नेपालको छोरीको विवहा पार्टी सोही पार्टी प्यालेसलाई जिम्मा दिएको थियो ।

सो पार्टी प्यालेसलाई सुरुमा २ हजार भन्दा बढीका लगि भोजको तयारी गर्न दिएको निर्देशन अहिले बढेर ३ हजार भन्दाबढी पुगेको अनुमान गरिएकोे छ । सो पार्टी प्यालेसलाई भेज र ननभेज गरी दुई दर्जन खानाको परिकार तयार गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन दिइएको छ । राष्ट्रपति भण्डारी वामपन्थी नेतृ हुन् भने, अभिषेक यादवकी आमा किरण यादव कांग्रेस नेतृ एवं सांसद हुन् ।

शितल निवासमा गाडीहरुको लावा लस्करसहित जन्ती गएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार मध्याहृन शीतल निवास पुगेका थिए । बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीको पछिल्लो सिटमा बसेर पूर्वराजा शाह शितल निवासमा प्रवेश गरेका छन् ।

विवाह, ब्रतबन्ध लगायतका सामाजिक काममा भोजभतेर गरेर रमाईलो गरेको त्यस्ता कार्यक्रममा हुने खर्चको स्रोत र विवरण अनिवार्य रुपमा राजस्व कार्यालयमा बुझाउनु पर्ने नियम लागू गरेपनि सरकारी निकायककै उच्च पदस्थबाटै सो ऐनको बेवास्ता गरेको पछिल्ला घटनाले प्रष्ट पारेको छ । सामाजिक विकृति कम गर्न र भोजभतेरमा हुने खर्च पारदर्शी बनाउन यस्तो नियम लागू गरिएको सरकारी अधिकारीहरुको भनाइ छ । विवाह, व्रतबन्ध आदिमा हुने भोजभतेरको खर्च स्रोत खुलाई विवरण राजस्व कार्यालयमा बुझाउनु पर्ने व्यवस्थालाई समेत राष्ट्रपति विद्यादेबी भण्डारीले लत्याएका छन् ।

सरकारले फजुल खर्चलाई कड्याई गर्न उदेश्यले जारी गरेको ऐन विपरित सरकारी निकायकै जिम्मेवार व्यक्तीले खर्च गरेपछि अन्यबाट समेत त्यस अबैधकार्य गर्नेमा तीव्रता आएको छ । गत मंसिर २० गते गर्भनर चिरञ्जीवि नेपालले आफ्नो कान्छी छोरीको विवहा भोजमा भड्किलो पार्टी दिएपछि सो कानुनको खिल्ली उडाएसंगै सोमबार राष्ट्रपति भण्डारी र पुर्वराष्ट्रपति यादवले सोही कार्य भएको छ ।

प्रधानमन्त्री कार्यालयले आन्तरिक राजस्व विभागलाई गत ३ वर्ष अघिनै निर्देशन दिंदै सबै पार्टी प्यालेस, होटेल र रेष्टुरेन्टहरुलाई पत्र लेखेर भोजभतेरमा लाग्ने खर्चको स्रोत र विवरण राजस्व कार्यालयमा बुझाउनु पर्ने नियम लागू गराउन भनेको थियो । यस सम्बन्धमा सम्बन्धित कर कार्यालयमा सम्र्पक गर्दा सो बारे आफुलाई जानकारी नभएको र सो कुरा उच्च ओहोदाको भएकाले यसै भन्न नसकिने जवाफ दिएका छन् । सरकारले घोषणा गरेको यो कार्ययोजना शुरु भैसकेपनि सरकारी निकायबाटै बेबास्था गरेपछि सो खर्चको आयस्रोत समेत लुकाएका छन् ।

गत वर्ष केही वर्षअधि सार्वजनिक भएको शासकीय तथा आर्थिक सुधारसम्बन्धी कार्ययोजनामा पनि यो विषयलाई समेटिएको छ । सरकारद्वारा सार्वजनिक दुई सय १ बुँदे कार्ययोजनाको सामाजिक सुधारसम्बन्धी बुँदामा भोज–भतेरबारे लेखिएको छ,‘सामाजिक, सांस्कृतिक चाडपर्व र समारोह गर्दा गरिने भोजभतेरमा हुने खर्चको विवरण निम्ता गर्नेहरुको संख्या, गर–गहना वा शृंङ्गार सामग्री खरिदको विवरण, सो कार्यक्रम आयोजना गर्ने स्थान र आम्दानीको स्रोत खुलाई भोज शुरु गर्नुपूर्व स्थानीय आन्तरिक राजश्व कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गर्ने, भोजभतेर सम्पन्न भएपछि खर्चको यथार्थ विवरण र कर चुक्ता प्रमाणपत्र आन्तरिक राजश्व कार्यालयमा काम सम्पन्न भएको १५ दिन भित्र पेश गर्नुपर्ने व्यवस्था गर्ने । विवरणहरुको निश्चित प्रतिशत राष्ट्रिय सतर्कता केन्द्रले छानविन गर्ने ब्यवस्था मिलाउने, गलत विवरण दिएको पाइएमा सर्वसाधारण भए कर छलिमा र राष्ट्रसेवक भए भ्रष्ट्राचारको कारवाही अगाडि बढाउने’ भन्ने उल्लेख छ ।

यसअघि पञ्चायतकालमा राज्यले सामाजिक (व्यवहार) सुधार ऐन २०३३ र यसको नियमावली समेत बनाएर जन्तीको संख्या तोकेको थियो । सामाजिक (व्यवहार) सुधार ऐन–०३३ को कार्यान्वयन नभएपछि ०६८ असार ३ गते तयार पारिएको ‘सामाजिक व्यवहार सुधार’ विधेयक जारी गरेको हो । यो विधेयक अनुसार विवाहको निर्णय गर्ने ‘फूलमाला’ कार्यक्रममा बेहुलाका तर्फबाट दुलाहाबाहेक १५ जना र बेहुलीतर्फ दुलहीबाहेक २१ जनामात्रै सहभागी हुन पाइने उल्लेख छ । त्यसैगरी बिहेमा बाजावाला र भरियासहित ७५ जनाभन्दा बढी सहभागी हुन नपाइने विधेयकमा उल्लेख छ । ०३३ सालको ऐनमा भने ५१ जनामात्रै जन्ती लान पाइने व्यवस्था थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!