महिला लेखनमा घरपरिवारको सहयोग आवश्यक

- January 15, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । साहित्य सन्ध्याको नियमित मासिक ३६९ औँ शृङ्खला अन्तर्गत ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयको परिचर्चा तथा कविगोष्ठी गरिएको छ ।बेलायती कवि टामस हार्डीको १०० वर्षभन्दा पुरानो ‘राष्ट्र टुट्ने समयमा’ शीर्षकको अनुवाद कविता पढी कार्यक्रम सुरु गरिएको थियो ।सो अवसरमा प्राज्ञ नर्मदेश्वरी सत्यालले समाजमा महिलाले भोगेका र भोगिरहेका पीडालाई तिनकै उद्देश्यमूलक लेखन र एकताका माध्यमबाट पुरुषहरूकै सहकार्यबाट उजागर गर्ने र रूपान्तरण गर्ने काम गर्नुपर्नेमा जोड दिनुभयो उहाँले घर परिवारको सहयोगबिना महिला लेखनसमेत अभिवृद्धि हुन नसक्ने हुँदा हातेमालो आवश्यक छ भन्नुभयो ।

गोष्ठीमा मुकुन्द न्यौपाने, ब्रह्मप्रिय प्रेमस्वरूप, पूर्ण विराम, गोपाल नेपाल ९मुसहरी भाषा०, गोपालकुमार मैनाली, डा देवी नेपाल, गणेश मार्मिक, बलराम विष्ट, कणाद महर्षि, ललित भिमाली, डम्बर पहाडी, भावना न्यौपाने, जङ्ग पहाडी, रामबहादुर पहाडी, अनिता लामा, कुसुम शर्मा, उर्मिला पाण्डेय, देवु लुइँटेल, नरेश शाक्य, शिक्षा नेपाल, स्वागत नेपाल, जयन्ता पोखरेल, अच्युत घिमिरे, रामचन्द्र खतिवडा, गोविन्द नेपाललगायतले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भयो ।वाचित कवितामाथि टिप्पणी गर्दै साहित्यकार सुलोचना मानन्धरले कविवहरुले देशको पीडा र देश दुखेको अभिव्यक्ति सुन्दरताका साथ अभिव्यक्त गरेको बताउनुभयो ।सन्ध्याका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेलले आगामी शृङ्खलामा ‘कविता लेखन तथा वाचन कार्यशाला’को आयोजना गरिने जानकारी दिनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!