सुन काण्डको छानविन सिआइबीलाई नदिने तयारीमा आइजीपी अर्याल

- January 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिआइबीलाई सो काण्डको छानविन गर्न दिएमा आफ्नै प्रशासनको बदनाम हुने भन्दै सो अधिकार नदिने अन्तिम तयारी समेत गरेको समाचार प्राप्त भएको छ ।

रोशन कार्की………..
काठमाडौं । लामो समयदेखि त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलबाट उच्च पदस्थ कर्मचारी र प्रहरी प्रशासनकै मिलिमतोमा ‘सुन’ आयात हुने गरेको पछिल्लो पटक प्रमाणित भएको छ । गत साता सो विभानस्थलबाट विना रोकाबट ३४ किलो सुन विमानस्थलबाट बाहिर निस्केपछि नियन्त्रणमा परेपछि भित्रको सेटिङमा अबैध कारोबार हुने गरेको प्रष्ट भएको हो ।
सुरक्षाका दृष्टिले संवेदनशील मानिने सो विमानस्थलबाटै ३४ किलो अवैध सुन बरामद भएको घटनाप्रति विभिन्न क्षेत्रमा चार्चाको विषय बनि रहेको अबस्थामा सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीभित्र भने सो काण्डमा मुछिएका एक डिआईजीलार्ई जोगाउन आईजीपी नै लागी परेको समाचार बाहिरीएको छ ।  अर्थ समितिका सभापति प्रकाश ज्वालाले यो अति गम्भीर, उदेकलाग्दो र नांगो विषय भएको बताई रहदाँ प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल भने यसअधि पनि सानो ठूलो परिमाणमा अबैध सुन भित्रने गरेको अर्थसमितिको बैठकमा बताउदै थिए ।  नेपाल प्रहरीका आईजीपी अर्यालले विमानस्थलको भन्सार जाँच गर्ने इकाइमा प्रहरीलाई प्रवेश नै गर्न नदिने भएकै कारण अबैध सुन नेपाल भित्रने गरेको आरोप समेत लगाएका छन् । भन्सार क्षेत्रमा प्रहरीको उपस्थिति निषेध गरिनु त्रुटिपूर्ण भएको तर्क दिएर आफु पानीमाथीको ओभानो बनेका छन् आइजीपी अर्याल ।
विमानस्थलको सुरक्षा जाँच पार गरेर गोल्डेन गेटमा आएको बेला केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) ले सुन बरामद गरेपछि अहिले प्रहरी प्रसाशन भित्रै हल्लीचल्ली चलेको छ । विमानस्थलको सुरक्षामा ३ सय ५० प्रहरी खटिएका हुन्छन् । त्यस्तै नेपाल प्रहरीको प्रति आतंकवाद ब्युरो, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरी संयन्त्र, प्रहरीकै लागूऔषध ब्युरो र नेपाली सेनाको २४ सै घण्टा कडा निगरानी हुन्छ । तर, आईजीपी अर्यालले यस्ता तथ्यहरुलाई गुमराहमा राखि भन्सारलाई मात्र दोष देखाउनुलाई सुन तस्करीमा उनको स्वार्थ लुकेको छ भन्ने आशंका समेत उब्जिएको समितिका एक सदस्यले बताएका छन् ।
सो काण्डमा सहयोग पु¥याएको आरोपमा भन्सार विभागले ३० जना कर्मचारीलाई निलम्बन गरेको छ । तर, विमानस्थलका भन्सार प्रमुख नारायण सापकोटा र विमानस्थल सुरक्षा प्रमुख गोबिन्द निरौलालाई भने उन्मुक्ती दिएसंगै सो सुन काण्ड पनि छायाँमा पार्ने खेल त हैनभन्ने आरोप लागेको छ । प्रहरी स्रोतका अनुसार व्यापारी दिपक मल्होत्रा, पूर्व एआईजी नवराज ढकाल, पूर्व डिआईजी कुमार कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य पूर्व प्रमुख लोकमानसिंह कार्की, पवन सरिया र केहि भारतीय मुलुकका व्यापारीको दबाबमा आईजीपी अर्यालले ३४ किलो सुन काण्डका दोषीलाई ढाकछोप गर्न छुट्टै समिति बनाउन खोजेका छन् ।
सो काण्डमा सिआईवीको अनुसन्धानलाई निस्कृय बनाउन लागेको छ । सिआईवीले प्रारम्भिक अनुसन्धानमा नै एयरपोर्टका प्रहरीको संलग्नता विना सुन तस्करी हुन नसक्ने निष्कर्ष निकालेपछि प्रहरी प्रशासनमा लहरो तान्दा पहरो हल्लियो भने झै भएपछि अहिले सो छानविन गर्न नयाँ समितिको खोजी गरिएको छ । एयरपोर्टका प्रहरीसँग समन्वय नगरी अप्रेसन गरेर संगठनकै बद्नाम गराएको भन्दै आईजीपी अर्यालले सो छानविन अन्यलाई दिने तयारी गरेको समेत खुल्न आएको छ । सिआइबीलाई सो काण्डको छानविन गर्न दिएमा आफ्नै प्रशासनको बदनाम हुने भन्दै सो अधिकार नदिने अन्तिम तयारी समेत गरेको समाचार प्राप्त भएको छ ।
सिआईवीका अनुसार डिआईजी गोविन्द निरौलालाई तुरुन्तै निलम्बन गरी हेडक्वार्टर झिकाएर अनुसन्धान नगरेमा सवै प्रमाणहरु नष्ट गर्ने मौका पाउने जनाएको छ । डिआइजी निरौलालाई निलम्बन नगरेसम्म सुन तस्करीको मुख्य गिरोहसम्म प्रहरी पुग्न नसक्ने सिआइबीको दाबी रहेको छ ।
विजयलाल कायस्थ विमानस्थलको सुरक्षाप्रमुख भएदेखि नै हुँदै आएको सुन तस्करीप्रति आईजीपी अर्याललाई समेत सो जानकारी भएको दाबी स्रोतको रहेको छ । यसअघि सुन तस्करी प्रकरणमै डिआईजी गोपाल भण्डारी र एसएसपी रविराज श्रेष्ठलाई कारबाही भएको थियो । तर, एयरपोर्टको सुरक्षा सम्हालेर बसेका डिआईजी निरौलाको कमजोर चेन अफ कमाण्डका कारण वा उनकै संलग्नतामा सुन तस्करी भएको आरोप लगाएको छ । सिआईवीले अहिले सुन तस्करीमा पक्राउ परेका गोपालबहादुर शाही, दीनबन्धु थापा र सन्तोष काफ्लेको टेलिफोन कनेक्सन अध्ययन गरि रहेको छ ।

यो पनि पढ्नुहोस्:

यि हुन सक्कली सुन तस्कर (नाम सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!