म्यानपावरको ठगीः दश हजारको रसिदमा ल्याप्चे : १० लाख असुली

- January 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौँ  । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि हाल सञ्चालनमा रहेका ठूला म्यानपावर कम्पनीका सञ्चालकहरुले लाखौ रुपैयाँ कामदारबाट असुली गरि रहदाँ समेत सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन । सरकारी कर्मचारी र म्यानपावर कम्पनीका सञ्चालकको मिलिमतोमा ठगी हुदै आएकै कारण कारवाही नभएको आरोप समेत लगाएको छ ।
म्यानपावर कम्पनीले विदेश जाने कामदारसंग १० हजार रुपैयाँ बुझाएको रसिदमा ल्याप्चे लगाएर १० लाख रुपैयाँ सम्म असुली गरेको आरोप कामदाहरुले लगाएका छन् । कम्पनीमा कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै गैरकानुनी तबरबाट कामदार पठाउने समेत गरेको खुलेको छ । बैद्यानिक रुपमा मानव तस्करीको आरोप लाग्दै आएका म्यानपावर कम्पनी माथी अब ठगी गर्नेको नामबाट चर्चमा आएका छन् ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत वर्षको फागुनमै १८ म्यानपावर कार्यालयमा छापा मारेको थियो । सो मध्ये धुम्बाराहीमा रहेको एसआरएस ओभरसिज सवैभन्दा बढी नक्कली कागजात बनाएर १० लाख रुपैयाँ सम्म ठगी गरेको खुलेको छ । सो कम्पनीले कामदारबाट अवैध रुपमा न्यूनतम ७ लाख ५० हजार रुपैयाँ असुली गरेको समेत खुलेको थियो । पटकपटक ठगीको आरोप लाग्दै आएपनि सरकारले अझै सो कम्पनीलाई कारवाही गर्न सकेको छैन ।
सो ओभरसिज मार्फत संयुक्त अरब इमिरेट्स (दुबई) मा सुरक्षा गार्डको रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोप लागेको छ ।

सो कम्पनीले गैरकानूनी तबरबाट १५ जनासँग दुबई जानुअघि १० हजार रुपैयाँ लिएको कागज बनाइनाई ल्याप्चे लगाएर १० लाख रुपैयाँसम्म असुली गरेको खुलेको छ । सो ओभरसिजले कामदारलाई निःशुल्क पठाएको भन्दै बोल्न लगाएर श्रव्यदृश्य समेत खिचेर राख्ने गरेको पाईएको छ । दुबईमा नेपाली १ लाख मासिक पारिश्रमिक पाउने आश्वासन दिँदै सो रकम उठाइएको आरोप समेत लागेको छ ।

दुबई लगिएका युवालाई हिमाय भन्ने कम्पनीमार्फत दुबई पुलिस अन्तर्गतको सुरक्षा गार्डमा जागिर लगाइदिने र जागिरका लागि छनोट भएका ९२ जनाबाट सुरुमै १५ लाख रुपैयाँ अग्रिम लिने गरेको समेत आरोप रहेको छ ।  सो कम्पनीले विभिन्न ९२ जना कामदारबाट ९ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुली गरेको खुलेको छ ।  बढी रकम उठाउने म्यानपावर एसआरएससहित डिडी ओभरसिज, अल सेक्युर म्यानपावर र भिक्टोरी म्यानपावरमा विभागले छापा समेत हानी सकेको तर कारबाही भने अहिले सम्म केही पनि भएको छैन ।
सरकारले गत वर्ष असार २१ गतदेखि लागू हुने गरी मलेसियासहित खाडीका कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत गरी सात मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था लागू गरेको थियो । सो सम्बन्धमा कम्पनीमा पटकपटक सम्र्पक गर्दा समेत फोन रिसिव भएन् ।  कामदार पठाउने क्रममा ठगी गर्ने तथा तोकिएका नियम पालना नगर्ने २० वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको भएपनि अझैसम्म कारोबार गरि रहेको पाईएको छ । ठगीनेमा व्यक्तिगततर्फ ६६ वटा र संस्थागततर्फ एक सय ६० वटा रहेका छन् ।  वैदेशिक रोजगार व्यवसाय मर्यादित बन्न नसक्दा बिदेसिने कामदारको संख्यासँगै ठगीका घटना पनि बढ्दो क्रममा छ । ठगी गर्नेमाथि कडा कारबाही हुन नसक्दा पनि यस्ता घटनामा कमी आउन नसकेको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!