एमाले सांसद शेरबहादुर तमाङले जग्गामुल्य बढाउन गाउँपालिकाको केन्द्र नै गराए परिवर्तन

- January 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । स्थानीय पुनसंरचना आयोग ३ नम्बर प्रदेशका संयोजक र एमाले संसद शेरबहादुर तमाङको मिलिमतोमा आफ्नो स्वास्र्थ पुरा गर्ने उदेश्यले गाउपालिकाको केन्द्र परिवर्तन गरेको खुलेको छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र सवै राजनीतिक दलको सहमतिमा चनौटेमा राख्ने सहमति भएको थियो । यसका साथै जिल्ला प्रविधिक समितिले समेत सोही स्थानमा राख्दा ५ गाविसको केन्द्र बन्ने भन्दै आयोगलाई सिफारिस गरेको थियो ।

तर, एमालेबाट विजयी भएका आफुलाई सोझो भएको देखाउने सासद शेरबहादुर तमाङले भने बन्दै गरेको होटल र भर्खरैमात्र खरिद गरेको जग्गाको मुल्यबृद्धि गर्ने एकमात्र उदेश्य लिएर सो केन्द्र रातारात काठमाडौं बसी कागजीरुपमा परिवर्तन समेत गरेको आरोप उनकै दलका एक जिम्मेवार नेताले गुनासो गरेका छन् ।  तमाङले पुनसंरना आयोगका ३ नम्बर प्रदेश संयोजक डोरमणी पौडेल र उपसचिब पशुपतिबाबु पुरी मिलिमतोमा किउल गाविसको साविकको कार्यालय भनी सेर्माथाङ नजिक निगाले भन्ने स्थानमा केन्द्र तोकीएको छ ।

उपसचिब पुरी एमालेनेत्री रामकुमारी झाँक्रीको श्रीमान हुन भने, डोरमणी एमालेको कोटाबाट आयोगको सदस्य भएका हुन । सो केन्द्रको विरोध सहित नेपाली काँग्रेस, एमाले, राप्रपा, माले, माओबादी केन्द्र, माओबादी (विप्पल समुह) लगायतले सासंद तमाङको व्यक्तीगत स्वास्र्थ पुरा गर्नकैलानि निगाले पु¥याएको आरोप लगाएको छन् । जिल्ला प्राविधिक समितिले सिफारिस गरिसकेको केन्द्रको अन्तिम निर्णयलाई एमाले नेता अमृतकुमार बोहोरा र सासद तामाङ आयोग पुगी केन्द्र परिवर्तन गराएको रह¥य तीव्रखबर डटकमले फेला पारेको छ ।
बोहोराले धुस्कुनमा भएको केन्द्रलाई उनकै गाउँ पिस्कर र तमाङले हेलम्बु गाउपालिकाको केन्द्र चनौटेबाट निगाले सार्न लगाएको आयोगस्थित उच्च स्रोतले जानकारी दिएको छ । आयोगमा हेलम्बु गाउपालिकाको केन्द्रको बारेमा पुस २० गते एमालेकै जिल्ला स्तरका नेताहरुले आयोग सदस्य पौडेल र उपसचिब पुरीलाई भेटी निगाले नराख्न आग्रह गरेका थिए । तर, पौडेल र पुरी दुवैले निर्वाचित सासद तामाङलेनै किउल गाविसको साविकको कार्यालयमा केन्द्र राख्न आग्रह गरेको भन्दै अन्त राख्न नसकिने जवाफ दिएको ती नेताले जानकारी दिएका छन् ।

त्यसपछि आयोगबाट शेरबहादुर तमाङलाई फोन गरि निगालेबाट केन्द्र हटाउन एमालेकै नेताहरुले भेट्न आग्रह गर्दा समेत तामाङले अझै सम्म भेट नदिएको गुनासो उनीहरुको रहेको छ । यो बाट प्रष्ट हुन्छ कि, पार्टी निती विपरित सासद तमाङले आफ्नो स्वास्र्थ अनुसार केन्द्र सिफारिस गरेको देखिन्छ । सो कार्यामा आफु मेलम्ची नगरपालिकाको मेयर बन्नकालागि एमाले नेता डम्बरबहादुर अर्यालले जनभाबना विपरित तमाङको कदमलाई अन्धभक्तहुदै समर्थन गदै आएका छन् । अहिले एमाले पार्टीभित्रै तमाङ र अर्यालको गलतकार्यको विरोध भएको छ ।

तामाङ पार्टीका नेता र अन्य दलका नेतालाई यो हेलम्बु राजमार्गकै आसपासमा केन्द्र हुने बताउदै आएका थिए तर उनको भित्री उदेश्य आफ्नै जग्गा र बन्न लागेको होटलको मुल्य बढाउन जबरजस्ती केन्द्र निगाले लगेको खुलेको छ । सो केन्द्र ५ गाविसका जनतालाई कुनै पनि दृष्ट्रिले उपयुक्त छैन । सो गाउपालिकालाई कि चनौटे वा गणेशेबगर उपयुक्त हुने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

शेरवहादुर तामाङ ज्यू,

नमस्कार ।

पछिल्लो समय तपाईले निर्वाह गर्नु भएको भूमिकाको सवालमा तपाईलाई निर्वाचित गराएका सिन्धुपाल्चोक क्षेत्र नम्वर ३ का नागरिकले उठाएको प्रश्न सुन्दा मेरो मन अमिलो मात्रै भएको छैन कुडिँएकै छ । तपाई आफै निर्वाचित भएको क्षेत्रका मानिस पक्कै पनि तपाईलाई माया र सद्भभाव नै राख्छन, यसमा कुनै शंका र प्रश्न छैन । अन्य क्षेत्रमा मानिस र तपाईकै पार्टीका मानिस भन्दा बढी प्रेम तपाईले सिन्धुपाल्चोक क्षेत्र नम्वर ३ बाटै पाउनु भएकोमा पनि कुनै सन्देह नहोला । यही कारण तपाई प्रति निकै आशा तथा परि आउँदा हाम्रो माननीय भन्ने मनमा अमिट माया र छाप बोकेर क्षेत्रमा मानिस पक्कै वसेका छन र अझै वसिरहलान भन्ने मेरो विश्वास छ । सायद यो बारेमा मलाई भन्दा तपाईलाई नै यसबारेमा बढी ज्ञान छ । यसबारेमा म अरु केही नवोलूँ ।

तर, यति भनिरहदाँ म पनि तपाई निर्वाचित भएकै क्षेत्रको मानिस हुँ । तपाईलाई माया गर्ने ब्यक्ति पनि हुँ । यही कारण तपाईको बारेमा उठेका केही सवाल तथा मेरो मनभित्र उठेका प्रश्नको बारेमा तपाईलाई यो पत्र लेख्दै छु । बहुदलीय परिपाटीमा पार्टी र विचार फरक हुन्छ । यसमा मैलै तपाईलाइ सिकाइराख्नु नै पदैन तर फरक आस्था र विचार भएकै कारण कसैलाई होचो अघेलो देख्न पनि हुन्न भन्ने धारणा मेरो हो । तपाई निर्वाचित हुदै गर्दा मेरो मनमा २ किसिमबाट आशा पलाएको थियो । पहिलो, तामाङको छोरा त्यसमाथी युनिभर्सिटी डिग्री हासिल गरेको । पक्कै पनि क्षेत्रको विकासमा तपाईको भूमिका अग्रणी हुनेछ । अशिक्षाकै कारण इचोकदेखी भोताङसम्म र हैवुङदेखी फटकशीलासम्मका चेली वेचिनबाट केही हदसम्म रोकिने छ । दोस्रो, राजनीतिका नाममा बावुले छोरा मार्ने र छोराले बावु मार्ने संस्कार बाट अलि अगाडी बढाई विचार र आस्थाको राजनीतिक संस्कार विकास हुनेछ । आफ्नो पार्टीभित्र मात्र होइन फरक पार्टीका वीचमा पनि सहकार्य र सहमतिको एक आधार तय गर्न तपाई अग्रणी मोर्चामा रही क्षेत्र नम्वर ३ राजनीतिक चेतनामा समेत अब्वल बन्न लागि पर्नेछ ।

rabi1
रवि खड्का
तर तपाई तत्कालीन संविधानसभाको सदस्य भएको र हाल ब्यवस्थापिका संसद सदस्य भएको ३ वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान बनाउन तपाई एक सदस्य भएर गर्नु भएको काममा मेरो बधाई छ । तर माथीका मेरा अपेक्षा सहित अहिले तपाई माथी लागेका आरोप र मेरो मनमा पनि उठेका प्रश्नका बारेमा प्रवेश गर्न चाहान्छु ।

क. हेलम्वु गाउँपालिकाको केन्द्र किउल गाविसको साविकको कार्यलय बनाउन तपाईले भूमिका खेल्नु भो ! र यही गर्नका लागि चनौटेबाट किउल वगर सुरुमा प्रस्तावित गर्नु भो ।

ख. सिन्धु र पाल्चोक मिलेर बनेको सिन्धुपाल्चोक जिल्लै भएपनि यी दुवै नाम जोडिएका ठाउँ हुदाँहुदै अहिलेको गाउँपालिका बन्ने सवालमा एतिहासिक नाम बोकेका ठाउँको नाम नै लोप हुदाँ समेत मौन वस्नु भो !

ग. निर्वाचन क्षेत्र तथा सांसद विकास कोषको रकम आवश्यकताका आधारमा भन्दा आफु अनुकुल र पैसा समेत फिर्ता गर्ने सर्तमा वाँडफाँड गर्नु भो !

घ .मेलम्ची खानेपानीको लेवीका सवालमा तपाईको भूमिका खासमा देखिएन, संसदमा समेत कुरा उठाउन सक्नु भएन । र

ङ.भूकम्प पीडितका लागि निर्वाचित सांसदको हैसियतले कुनै गतिलो भूमिका खेल्न सक्नु नै भएन ।

यी प्रश्न तपाईलाई नै निर्वाचित गराएर पठाएका जनता वा नागरिकले अहिले सामाजिक सञ्जालमा उठाइ रहेका छन् । तपाईले सभासद पद जिते केही हुने आशामा ज्यान फालेर भएपनि तपाईलाई माया गरेर जिताएर जनता तथा तपाईकै पार्टीभित्र वसेर संघर्ष गरेर कपाल फुलाएकाहरुको भावनालाई संम्वोधन गर्नु त तपाईको दायित्व र धर्म पनि हो । तर तपाईले उनीहरुको केही अभिब्यक्ति सामाजिक सञ्जालमा देखिदाँ तथा मनमा लागेको कुरा कसैसँग साटासाट गर्दा कति सजिलै- “कुप्रचार र विरोधीतत्वले फैलाएको भ्रम” भनिदिनु भएछ । तपाईलाई नै माया गरेर जिताएका जनता आज कसरी तपाईको विरोधी भए ? उनीहरुको मनमा लागेको र २ जाडो टहरोमा वसेर लुकलुक काँपिरहेका जनताले भन्दा कसरी कुप्रचार भयो ? अभिभावक गुमाएका सन्तान आज नाङगै हुदाँ तथा रोजीरोटीको ब्यवस्था गर्न नसक्दा कति रात भोकै वसेकाहरुले सांसद ज्यू कता जानु भयो भनेर प्रश्न गर्दा कसरी कुप्रचार र विरोधीतत्व भयो ? मेलम्ची खानेपानी आयोजनाले ८५ प्रतिशत काम सक्दा समेत लेवी निर्धारण नभएको अवस्थामा कसैले निर्वाचित सांसद भएर पनि खै त गम्भिर पहल गर्नु भएन भनेर प्रश्न गर्न त उसले पाउँछ होला ! २ कोयल पाइप भए खानेपानी घरसम्म ल्याएर खान्थे भन्नेहरुलाई सांसद कोष र निर्वाचन क्षेत्र विकास कोषको साढे ३ करोड वजेट तपाईले बाँडफाँड गरिरहदाँ आशा गर्नु उसको कहाँ के दोष होला र ?? तर उसले यति भनिरहदाँ उसैलाई विरोधीतत्व भनेर भन्नुभएछ । यसबारेमा मैलै केही वुझ्न सकिन । धेरै प्रयास गरे तर अझै उत्तर भेट्न सकिन माननीय ज्यू ।

एक दार्शनिकको भनाई याद आयो- “जसले कमजोरी भनिदिन्छ उ त सधै तपाईको भलो चिताउने परम मित्र हुन्छ । त्यसैले उसलाई आवेगमा आएर गाली होइन धन्यवाद दिएर कमजोरी सुधार्नुपर्छ”।

यो भनाई त सामान्य ब्यक्तिको जीवनमा पनि लागू हुन्छ । अझ तपाई त निर्वाचित सांसद । यति कुरा पनि किन वुझ्नु भएन । वा जित्नु जिति हालियो अव के को मतलव ! भन्ने पो भावना तपाईमा पलाएछ की ? भन्ने प्रश्न पनि मेरो मनभित्रै उब्जिरहेको छ ।

फेरि तपाई माथी उठेका प्रश्न तर्फ लागौं । ५ वटै गाविसलाई पाएक पर्ने चनौटे आसपास केन्द्रलाई किउल वगर बनाउँ भन्ने तपाई नै हो । अहिले त त्यसबाट पनि किउल गाविसको साविकको कार्यलय भनेर राखिएको छ । यदी यही लागू भयो भने त किउलको निगाले पो हुने भयो । तपाई त युनिभर्सिटि डिग्री लिएको ब्यक्ति पनि हो । यसबारेमा नवुझ्ने कुरा पनि थिएन । अझ तपाईलाई सजिलो पनि थियो – पूर्नसंरचना आयोगमा प्रदेश नम्वर ३ हेर्ने सदस्य पनि तपाईकै पार्टीले सिफारिस गरेका डोरमणी पौडेल र उपसचिव पशुपति वावु पुरी (एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्रीको श्रीमान) पनि विचारका आधारमा तपाइकै पार्टीका भएकोले अरुलाई भन्दा तपाईलाई पक्कै सजिलो नै थियो । कहाँ उपयुक्त हो ?