वन रक्षक शाहीको परिवारलाई सहयोग

- January 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। वन तथा भूसंरक्षण मन्त्रालयले कार्यरत भएकै अवस्थामा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई सहयोग गरेको छ ।वनमन्त्री शङ्कर भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यलगायतको टोलीले आज स्व शाहीको परिवार बसोबास गरेको जिल्ला जाजरकोट पुगी परिवारलाई राहतस्वरुप रु एक लाख हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

यसबाहेक मन्त्री भण्डारीले मृतककी पत्नीलाई जिल्ला वन कार्यालय जाजरकोटमा करार सेवामा नियुक्तिको पत्रसमेत हस्तान्तरण गर्नुभएको मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिनुभयो । वन रक्षक शाहको हाल कार्यरत जिल्ला ताप्लेजुङमा कामका सिलसिलामा यही पुस १७ गते हत्या भएको थियो । उहाँलाई सरकारले सहिद घोषणा गरिसकेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!