यि हुन सक्कली सुन तस्कर (नाम सहित)

- January 9, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले अबैध कारोबारलाई पूर्णरुपमा नियन्त्रण गर्ने भन्दै सार्वजनिक गरेको विभिन्न योजनालाई सरकारी कर्मचारीकै मितिमतोमा सुन तस्कर हुने गरेपछि योजना विफल भएको छ । गत वर्षको भुकम्पका कारण बन्द हुनभन्दा अधिसम्म सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाहुदै चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा बजारबाट तस्करी गरी सुन नेपाल भित्राउने कार्यामा तीब्रता आएको थियो । तर छ ।

भुकम्पबाट बन्द सो नाका बन्द भएपछि सिधै  त्रिभुबन अन्तराष्ट्यि विभानस्थलबाट भर्खरै ठूलो परिमाणमा सुन बरामत भएपछि सो योजना फेल खाएको प्रमाणित भएको हो । स्थलमार्ग हुदै पटक पटक सुन बोक्ने भरियामात्र पक्राउ गरेर बसेको सुरक्षा निकायले अहिले सम्म असली  सुन तस्कर पक्राउ गर्ने आँट समेत गरेको छैन । तीव्रखबर डटकमले पटकपटक सुन तस्करहरुको नामावली सहति समाचार प्रकाशन गरेपनि सो बारे सम्बन्धित निकायले चासो नदिएकै कारण सरकारी योजना प्राय विफल हुदै आएका छन् ।

यि हुन असली सुन तस्कर :
चन्द्रबहादुर बुढा
नरबहादुर गुरुङ
विष्णु न्यौपाने
रविन्द्र श्रेष्ठ
दिपक मलहोत्रा
सुरबहादुर श्रेष्ठ
विष्णु खत्री
तेजरत्न शाक्य
पुर्वडिआइजी यादव अधिकारी

भारतमा सुनको माग उच्च भएपछि सुन तस्करहरुलाई दशैं नै आए झै हुने गर्दछ । सो मागलाई पूर्तिगर्नकैलागि विभिन्न माध्यामबाट सुन तस्करी गर्ने गरेका छन् । पछिल्लो समयमा नयाँ र पुराना सुन तस्करहरु अहिले फेरी सलबलाएका छन । नेपालको बाटो हुँदै भारततिर सुनको अवैध निकासीमा तीब्रता संगै पुन पुराना सुन तस्करहरु चीनहुदै नेपालको बाटोबाट दैनिक जसो सुन भारत निर्यात गर्ने गरेका छन । सम्बन्धित निकाय र सुन तस्करहरुकै मिलेमतोमा हुदै आएको सो अबैध कारोबारमा सुन बोक्ने भरिया पक्राउ परेपनि असली सुन तस्कर भने अहिले सम्म सरकारले पक्राउ गर्न सकेको छैन ।
सुन तस्करहरुले हङकङ, युएइ, सिंगापुर र मलेसीयाबाट सुन किनेर तिब्बतको बाटो हुदै नेपाल भित्राउने गरेको छन्  ।
भन्सार कर्मचारीको मिलेमतोमा सुन भारत लगे बापत तस्करलाई प्रति किलो १० लाख रुपैयाँ नाफा हुने गरेकाले सो अबैध कार्य नियन्त्रण हुनुभन्दा पनि अझै मौलाएको छ । तस्कर सुत्रबाटै प्राप्त आँकडा अनुसार अहिले दिनहुँ एक सय किलो सुन भारततर्फ अवैध निकासी भइरहेको छ । भारतले सुन आयातमा कडाइ गरेकाले नेपालको बाटो भएर सुनको तस्करी भएको हो ।
भारतीय संचार माध्यमका अनुसार त्यहाँ अहिले अवैध रुपमा दिनहुँ ५ सय किलो सुन भित्रिएको तथ्याङक छ । तातोपानी नाकाबाट नाम चलेका व्यापारी नै अचेल सुन तस्करीमा संलग्न भएका छन । उनीहरु प्रहरीको उच्च पदस्थकै मिलेमतोमा यसरी सुन तस्करी गर्दै आएका छन । सुनका मुख्य नाइके तस्करले प्रतिकिलो ७५ हजार रुपैयाँ कमिसन दिएर स्थानीय व्यवसायी मार्फत सुन तस्कर गरिरहेको भन्सार सुत्रले जनाएको छ । सुन तस्करीमा सक्रिय हुनेमा राजश्व अनुसन्धान विभागका कर्मचारी, व्यापारी दिपक मलहोत्रा, तातोपानीका व्यापारी विष्णु खत्री, नेपाल सुन चाँदी व्यवसायी संघका पुर्वअध्यक्ष तेजरत्न शाक्य र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीहरु रहेको स्रोतको दाबी रहेको छ ।

तत्कालिन मध्यक्षेत्रका प्रहरी प्रमुख डिआइजी यादव अधिकारीको मिलेमतोमा यीनीहरुले सुन तस्करी लाइन खुलाएका थिए । व्यवसायी सुरबहादुर श्रेष्ठ काठमाडौंको नयाँसडकमा सिको फाइभ घडीको कारोबार गर्छन । अहिलेको डिजिटल युगमा घडीको कारोबार खासै छैन । घडी त सुरबहादुरको देखाउने कारोबार हो ।  सुन तस्करीका मामलामा यी साहु प्रख्यात मानिन्छन । अर्का व्यवसायी दिपक मलहोत्रा । नेपालमा मोबाइल बेच्ने संगै अबैध रुपमा सुन तस्करी गरेर अर्वपति बनेको आरोप समेत उनी निकट एक व्यवसायीले लगाएका छन् । दिपकले सुन ओसार पसारका पुरानै खेलाडीको रुपमा रहेका आरोप रहेको छ । यसबारेमा प्रहरी, प्रशासन, राजनीतिक नेता सबैलाई प्रष्ट छ ।

तर दिपकले सबैको मुखमा बुझो लगाएर सुन ओसार पसारको धन्दा अहिले पनि चलाउँदै आएका छन । स्मरण रहोस, दश वर्षअघि पनि दिपक मलहोत्रा ठूलो काण्डमा फेसेका थिए । त्यसलाई अझैै पनि एलसी काण्ड भनेर चिनिन्छ । डलर खरिद गरेर अवैद्य रुपमा डलर सञ्चय गरेर राखेको आरोप उनी माथी लागेको थियो । उनले सो रकम सुन तस्करीमा प्रयोग गरेको बताइन्छ ।

ठूलो राजनीतिक पहुँचका कारण उनले सो मुद्राबाट उन्मुक्ति पाए तर अबैध रुपमा सुनको कारोबार र अबैध नक्कली भारतीय रुपैंयाको कारोबार समेत अझै मौलाउदै गएको छ । यस्तै अर्का सुन तस्कर हुन रविन्द्र श्रेष्ठ । यिनी काँग्रेस पार्टीमा आबद्ध छन । उनी ‘सुन साहु’ का रुपमा प्रख्यात छन् र पुरानै खेलाडी हुन । यीनले पनि सुन ओसार पसारको धन्दालाई छोप्न अनेक आवरण ओढेका छन । सवैलाई ‘जय नेपाल’ गरेर सुन तस्करी गर्दै आएका छन । खेतान औद्योगिक घराना पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ ।

त्यसैगरी विष्णु न्यौपानेले सुन ओसारेरै तीनकुने सुविधानगरमा ‘न्यौपाने टावर’ खडा गरेको आरोप समेत लगाइएको छ । त्रिपुरेश्वरमा रहेको पिपुल्स फाइनान्स डुवाएका छवि भुषाल नाम गरेका व्यवसायीको पनि सुन तस्करी धन्दा अझै कायमै भएको बताइन्छ । यी सबैलाई राजनीतिक र सुरक्षा निकायबाटै संरक्षण भएको पाइन्छ । राजनीतिक संरक्षण पंचायतकालमै सुन तस्करी सुरु भएको हो । २०४२ सालमा सुर्खेतबाट निर्वाचीत राष्ट्रिय पंचायत सदस्य चन्द्रबहादुर बुढा र २०४३ सालमा लमजुङ बाट निर्वाचीत नरबहादुर गुरुङ अवैध रुपमा सुन ल्याउँदा ल्याउँदै समातिएका थिए । प्रजातन्त्र पुनस्थापनापछि भन्सार छुटमा ३ तोलासम्म र भन्सार तिरेर एकजनाले १० तोलासम्म सुन ल्याउन पाइने छुट दिइयो । तैपनि तस्करी रोकिएन । बिगतमा सत्ता समीकरणको खेलमा पनि सुन तस्करी मौलाएको थियो ।

एमाले नेता बामदेव गौतमले कार्की थरका व्यापारीको सुन ओसारेको चर्चा अझै सेलाएको छैन । सुन तस्करी मौलाए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नाकामा तैनाथ सुरक्षा फौज, राजमार्गमा तैनाथ गरिएका सुरक्षाकर्मीले अहिले सम्म कुनैपनि मुख्य सुुन तस्करलाई नियन्त्रणमा नलिनुले पनि यस कार्यमा मितिमतो भएको प्रष्ट हुन्छ । सुन तस्करहरुले खुला रुपमा विमानस्थलबाटै भित्राउन थालेपछि केही दिनदेखि केन्द्रीय अनुसन्धान व्यूरो भने केहीमात्रमा सकृय भएर कारवाही गर्न अधि सरेको छ । तर सो कारबाही पनि राजनीतिक पहुँचको आधारमा भित्रभित्र मिलाएर मुख्य सुन तस्करले भने उन्मुक्ती पाउने सम्भाबना बलियो बन्दै गएको सो व्यूरोकै एक अधिकृतले शंका गरेका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!