१२ औं साफ खेलमा विजयी खेलाडीलाई सम्मान

- January 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ढल्को तेक्वान्ढो डोजाङ क्षेत्रपाटीको अयोजनामा १२ औं साफ खेलमा विजयी खेलाडीहरुलाई एक कार्याक्रका बीच सम्मान गरिएको छ । गुरुचेला पुर्नमिलन कार्याक्रमको अबसरमा आइस्य शाक्य, ज्ञानु चुनारा, एमकुमारी चौलागाई, रेजिना कार्की, रामहरी महत, निश्चलमान श्रेष्ठ, विरबहादुर महरा, सक्षम कार्कीलाई रक्षामन्त्री बालकृष्ण खाँडले सम्मान पत्र प्रदान गरेका थिए ।

सोही कार्याक्रममा राष्ट्रिय खेलाडीहरु अनुज पुजारी, सुजन पुजारी र सिता तमाङलाई पनि सम्मान गरिएको थियो । सयभन्दाबढी व्याल्कबेल्ट खेलाडीहरुलाई समेत सो कार्यक्रम सम्मान गरिएको सो कार्याक्रमका संयोजक गोपी पुन मगर (गगन) ले बताए ।  कार्यक्रममा संसदद्वव भीमसेनदास प्रधान र नगेन्द्रकुमार कुमाल र नेपाल तेक्वान्ढो संघका महासचिब हेमन्त डाँगीसहित अन्य कल्वका प्रतिनिधि तथा प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!