सनसनी फैलाउँदै पुनम

- October 20, 2013 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं – सेक्स सिम्बल पुनम पाण्डेले अब दक्षिण भारतमा पनि सनसनी फैलाउने भएकी छन्। बलिउडमा उनका क्रियाकलाप सधैं चर्चामा हुने गर्छन्। अब उनलाई दक्षिणका फिल्ममा काम गर्ने मौका मिलेको छ।
पाण्डेलाई कन्नड फिल्म ‘लभ इज पोइजन’ मा आइटम नम्बरको अवसर मिलेको छ। यो आइटम गीत धमाकेदार हुनेमा पुनम उत्साहित छिन्।

पुनमले यसै बर्ष ‘नशा’ फिल्ममार्फत् बलिउडमा पाइला टेकेकी थिइन्। फिल्म सोचेअनुरुप चलेन। तर यो फिल्मले कन्नडको निर्मातालाई भने प्रभावित बनाएको छ। जसले गर्दा उनले यो अवसर प्राप्त गरिन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!