एनआईसी एसियाद्वारा बैंक पेमेन्ट सिस्टम सुविधा सञ्चालन

- December 7, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । एनआईसी एसियाद्वारा नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ्ग सेवा मार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने सुविधा मंसिर २० गते देखि  संचालनमा ल्याएको छ । यस सेवाको संचालनले यस बैंकका ग्राहकहरुले बैंकको इन्टरनेट बैंकिङ्ग सुविधा मार्फत सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तिय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । एनआईसी  एसिया यसरी इन्टरनेट मार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने पहिलो बैंक भएको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम सेवा एवं सुविधा उपलब्ध गराउने बैंकको उद्देश्यकोे निरन्तरताको रुपमा यो सेवा ल्याइएको हो ।
बैंकको ‘बैंक पनि, साथी पनि’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै ल्याइएको यस नविनतम एवं सहज सेवाबाट यस बैंकका ग्राहकहरुले आनो घर दैलोबाट नै सहज बैंकि¨ सेवा सुविधा उपलव्ध गर्न सक्नुहुनेछ । एन आईसी एसिया पूँजी, ग्राहक संख्या, वासलात र शाखा एवं एटिएम् सञ्जालको हिसावले नेपालकै  अग्रणी बैंक रहेको छ र यस नयाँ सेवाबाट हाम्रा ग्राहकहरुले जुनसुकै ठाँउबाट यस नविनतम सेवा मार्फत अझ बढी लाभ र सेवाको अधिकतम सन्तुष्टि लिन सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!