युवा नेतृत्वमा आङछिरिङ

- December 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । नयाँ शक्ति नेपालको युवा नेतृत्वमा आङछिरिङ  शेर्पा चयन भएका छन् । मेलम्चीमा भएको प्रथम जिल्ला भेलाले शेर्पालाइ संयोजक  चुनेको हो । नयाँ शक्ति नेपाल पार्टी घोषण भएपछि जिल्लामा सगंठन निर्माणमा जुटेको नयाँ शक्तिले युवा संगठनको प्रथम जिल्ला भेला भएको हो । नयाँ शक्ति नेपालको सचिवालय सदस्य देवेन्द्र पराजुलीले  अहिले देशमा पिछलगु राजनीतिको कारणले जनतालाइ हरेक कामकार्यमा सास्ति भएको बताए ।  केन्द्रिय युवा इन्चार्ज  समेत रहेका  पराजुलीले भने, ‘पिछाको राजनीतिले जनताको भावना अनुरुप काम गर्न सकिएन ।’

उनले जनतालाइ नयाँ कुरा दिन र समाज रुपानतरणको लागि यो  राजनीतिक विकृतिको  औचित्य छैन अहिलेको समाज विकास नै आर्थिक विकास भएकोले जनतालाइ आर्थिक विकासमा अघि बढाउनु पर्नेमा जोड दिए ।    उक्त भेलाले शेर्पाको अध्यक्षतामा ५५ सदस्यिय कार्य समिति चयन गरेको छ   र तिनै क्षेत्रमा संयोजक समेत निर्माण गरेको  नयाँ शक्ति नेपालल सिन्धुपाल्चोकले  जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!