प्रदेशहरु टुक्रयाउने खेल भइरहे नेम्वाङको आरोप

- December 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोलुखुम्बु । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पु¥याउने खेल भइरहेको विचार व्यक्त गर्नुभयो ।

मधेसकेन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभई सीमित स्वार्थी नेताको मात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली काँग्रेस तथा नेकपा९माओवादी केन्द्र० पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन।” नेम्वाङले तराई– मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमा मात्रै सम्भव भएको जिकिर गर्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!