रोजगारी सृजना मुलुकको प्रमुख प्राथमिकता : मन्त्री जोशी

- December 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सृजना गर्नु अहिले मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालय अन्तरगतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपालस्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधिहरुसँगको उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनलेसो कुरा बताएका हुन् । मन्त्री जोशीले थप रोजगारी सृजनाका लागि साम्हिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिए ।

सो अवसरमा उनले नेपालको गरिवी निवारण र रोजगारी सृजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको सुनाए । मन्त्री जोशीले मूलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । त्यस्तै उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उहाँले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघ् उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताए ।उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।कार्यक्रममा मन्त्रालयका सहसचिव यममकुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको जानकारी दिइन् ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकता अनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको सुझाव थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!