नेपाल चेम्वर र कुवेतका राजदूतबीच भेटबार्ता

- December 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि कुवेतका राजदूतæYousef Bin Mohamed Al-Hail बिच दुई देश बिचको व्यापार तथा लगानी अभिवृद्धि सम्वन्धमा छलफल भएको छ । नवनियुक्त राजदूतलाई चेम्वर भवनमा स्वागत गर्दै अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदुतको कार्यकालमा दुई देश बिचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष श्रेष्ठले भूकम्प पश्चात नेपालमा पुर्नस्थापना र पुर्ननिर्माणका लागि पूजीं र प्रविधिको आवश्यकता रहेको बताए । अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण बन्दै गएकोले नेपालको कृषि, जलश्रोत, पुर्वाधारको विकास, खनिज तथा खनिजजन्य उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न अनुरोध गरे । उनले सस्तो श्रम, चीन र भारत जस्ता दुई ठूला आर्थिक राष्ट्र सम्मको सहज बजारका कारण नेपाल लगानीको लागि उपयुक्त भएको बताए ।

अध्यक्ष श्रेष्ठले नेपालबाट कतारमा निर्यात हुने बस्तुहरुको प्रवद्र्धनमा समेत राजदुतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए । नेपालका लागि कुवेतका राजदूत æYousef Bin Mohamed Al-Hail ले दुई देश विचको सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका बारे चर्चा गर्दैं नेपाल र कतार विचको आर्थिक सम्वन्ध अभिवृद्धि गर्न आफू सदा तत्पर रहने बताए ।

राजदूतले दुई देश विचको आर्थिक सामाजिक सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुदां उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, कार्यसमिति सदस्य डा.अन्जान शाक्य र निरज राईको उपस्थिती रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!