करोडौँ मूल्यको दाल प्रहरीद्धारा बरामद

- December 5, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगन्ज । सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल आज बिहान पर्सा प्रहरीले समातेको छ ।

भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब रु एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल पर्सा प्रहरीले आज बिहान ४ बजे समातेको हो ।

पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल पक्राउ गरेको हो । सो दाल कस्को हो खुल्न सकेको छैन ।

समातिएको सो दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउने भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!