जुवाको खालबाटै होटल सङ्घका अध्यक्षदेखि सहकारीका ऋण अधिकृतसम्म पक्राउ

- December 5, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

झापा । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ ।

विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!