हुण्डीको कारोबारमा चौधरीदेखि गोल्छा समुहसम्म

- December 4, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सरकार र बैक कर्मचारीको मिलिमतोमा अबैधधन्धा फस्टायो   

रोशन कार्की

काठमाडौं । नेपालबाट विभिन्न देशमा अबैधरुपमा फस्टाएको व्यवसायमध्ये अग्रपक्मिा रहेको छ प्रतिबन्धित कारोबार ‘हुण्डी’ । सरकारले अबैधरुपमा सञ्चालनमा रहेको हुण्डी कारोबारलाई नियन्त्रण गर्न र गराउन दिएको निर्देशन समेत सरकारी कर्मचारी र बैंककै कर्मचारीको सहयोगमा हुने गरेको खुलेको छ । सरकारले अबैधरुपमाहुदै आएको हुण्डी कारोबार नियन्त्रणमा चासो नदेखाउदा दैनिक करोडौ रुपैयाँ चर्चित व्यवसायी घरनाहरुले गर्दै आएको पछिल्लो पटक खुल्न आएको छ । देशमा लगानीको वातावरण ओरालो लागेको अबस्थामा आफुसंग भएको रकम र अन्यको रकम समेत हुण्डीमार्फत विदेश पठाउने गरेको राजस्व अनुसन्धान विभागकै एक अनुसन्धानबाट खुल्न आएको भएपनि सो विवरण गोप्य राखिएको छ ।
बैङ्किङ प्रणालीमा तरलता अभाव भएका बेला हुण्डीमार्फत मासिक अर्बौ रुपैयाँ बाहिर पठाउने कार्यमा विश्वको धनीको सूचीमा परेको चौधरी समुह, गोल्छा समुह, विसाल समुह र खेतान समुहले सो अबैध कारोबार गरेको खुलेको छ । ती समुहलाई कारवाही गर्न भने सम्बन्धित निकाय निरिह बनेका कारण हुण्डीको कारोबार नियन्त्रण आउनुको साटो झन मौलाउदै गएको छ । नेपाल राष्ट्र बैंक तथा राजस्व अनुसन्धान विभागले हुण्डीको कारोबारको सञ्जाल, आकार तथा नियन्त्रणका विषयमा छलफल पटक÷पटक शुरू गरे पनि हाल सम्म नियन्त्रणका लागि कुनै योजना नहुदाँ झन झागिदै गएको छ । राष्ट्र बंैकले हुण्डी कारोबारको आकारका विषयमा अनुसन्धान शुरू गरेको बताइदै आएको छ ।

राजस्व अनुसन्धान विभागले हुण्डीको सञ्जाल भत्काउन समन्वय शुरू गरेपनि सो सञ्जाल भत्काउन अझै सकेको छैन । अवैधानिक हुण्डीको कारोबारमा ठूला औद्योगिक व्यवसायिक घरानाहरुकै संलग्नता रहेका कारण सो सञ्जाललाई भत्काउन सरकारी निकाय असफल हुदै आएको छ । यी कारोबारमा ठूला औद्योगिक व्यवसायिक कारोबार गर्ने कर्पाेरेट हाउसले नै अवैधानिक रूपमा मुद्रा विदेश निकासी गर्न थालेको प्रमाण राजस्व अनुसन्धान विभागले भेट्टाएपनि कारवाही गर्नलाई भने ठूलो रकमकै खेलमा रोकिएको छ ।
विभाग उच्च स्रोतले दिएको जानकारी अनुसार सो अबैध कारोबारमा उच्च राजनीतिक पहुँच तथा शक्तिका कारण उनीहरु विरुद्ध कारबाही गर्न नसकिएको बताएका छन् । उच्च राजनीतिक पहुँच भएको र व्यवस्थापिका संसद समेत उनीहरूको प्रतिनिधित्व रहेकाले कारबाही गर्न नसकेको विभाग स्रोतको दाबी छ । हुण्डीलाई मुद्रा निर्मलीकरण तथा विदेशी विनिमयको अपचलन गर्ने औजारका रूपमा लिइन्छ । एसियाभरि तथा नेपालमा समेत औपचारिक वित्तीय कारोबारको बराबर नै हुण्डीको कारोबार हुने गरेको जानकारहरू बताउँछन ।
विश्व बैंक लगायत संस्थाले गरेको यस अघिको अध्ययनले पनि नेपालमा हुण्डीको कारोबार व्यापक मात्रामा हुँदै आएको निष्कर्ष दिइ सकेका छन । राष्ट्र बैंकले समेत हुण्डी मार्फत व्यापक कारोबार हुने गरेको स्वीकार्दै आएको छ । अस्थिरता थपिँदै गएकाले पनि ठूला लगानीकर्ताले पूँजी पलायन गर्नसमेत हुण्डीलाई माध्यम बनाएको हुन सक्ने राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ । व्यापारमा न्यून बिजकीकरण गरेर सामान आयात गर्दा हुण्डीको व्यापक प्रयोग हुने गरेको व्यवसायीहरूनै बताउदै आएका छन ।
विभाग उच्चस्रोतका अनुसार, हाल कतिपय वस्तुको भन्सारमा नक्कली आयात देखाएर पनि रकम विदेश पु¥याएने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार, स्टील, भटमासको कच्चा तेल, कम्प्युटर, मोबाइल, औषधि आदि वस्तुको अस्वाभाविक आयात भएको उल्लेख छ । आयात हुनेमध्ये कतिपय वस्तुको भन्सारदर शून्य प्रतिशत छ । यसरी भन्सार मार्फतको बाटो अपनाउँदा पूँजी पलायन भएको आंशका र सोधखोज नहुने भएकाले पनि व्यवसायीहरूले यो उपाय रोजेको आशका गरिएको छ ।
बैदेशिक व्यवसाय गर्ने संघसस्थाले विदेशमा रहेका एजेण्डलाई हुण्डीमार्फत कमिशन पठाउदै आएका छन् । कमिशनलाई हुण्डीमार्फत करोडौं रुपैयाँ विदेशी बिचौलियालाई पठाउने गरेको समेत खुलेको छ । विदेशमा काम गरेर वैध रूपमा कमाएको पैसा घर पठाउने देखि अवैध सम्पत्ति वैध बनाउनेहरू र अवैध व्यापारमार्फत कर छली गर्ने व्यापारीहरूसम्म हुण्डी कारोबारमा संलग्न रहेका छन् ।
पछिल्लो समय सुनको कालोबजारीका कारण हुण्डी झन मौलाउदै आएको छ । हालसम्म हुण्डी प्रयोग गरी वार्षिक १० खर्बकोभन्दाबढी कारोबार हुने गरेको अनुमान रहेको छ ।  हुण्डी कारोबार असंगठित र अनौपचारिक रूपमा हुने गरेकाले यसमा संलग्नहरूले प्रायः व्यक्तिगत सम्बन्ध, सम्पर्क र विश्वासका आधारमा कारोबार गर्ने गर्छन । कारोबार गर्नेसँग रकम बुझाएको÷भुक्तानी गरेको लिखित प्रमाण हुँदैन । मोबाइलको प्रयोग बढेसँगै हुण्डी कारोबारको हिसाबकिताब एसएमएसबाटै हुने गरेको जानकारहरू बताउँछन । पछिल्लो समय नेपाल भित्रिने रेमिट्यान्स वृद्धिमा मन्दी आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यसलाई पनि हुण्डीकै प्रभावका रूपमा लिने गरिएको छ । आव २०७०/७१ मा २५ प्रतिशत बढेको विप्रेषण आप्रवाह गत आव २०७१/७२ मा करीब १४ प्रतिशतमा सिमित भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!