अस्पतालको एम्बुलेन्स अलपत्र, बिरामीलाई सास्ती

- December 4, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

खोटाङ । भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ ।

वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो ।

तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ ।

एम्बुलेन्स नचलेपछि आफ्नो बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनुपरेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेको भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनु पर्दा समय पुग्न नसकिने र एम्बुलेन्सकोे भाडाभन्दा खर्च बढी हुने गरेको बिरामीका आफन्तले बताएका छन् ।

जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । थन्किएर रहेको एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रामबहादुर केसीले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!