एमालेको झुटो आश्वासनमा लाग्दैनौः घुम्थाङबासी (भिडियोसहित)

- December 3, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । घुम्थाङ नाकुचे बडा नम्बर ७ का बिरबहादुर थापा पच्चिस बर्ष अघि एमालेमा लागेका थिए एमालेमा लागेपछि गाउका सबै विकास हुन्छ भन्ने सपना देखेर बसेका थिए तर जीवन बित्न लाग्दा पनि गाउलेहरुको कोल्टो नफेरे पछि दिक्क मान्दै एमाले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको सदस्य लिएका छन । बिरबहादुर जस्तै नेत्र प्रधान पनि भारीमत दिएर पठाको एमालेले बिकासका बि सम्म नगरेर आश्वासन बाडेर मात्र झुक्काएको बताए । विकास होला भनेर कुर्दा कुर्दा जीवन भर बितायौ तर केहि भएन उनले दुखेसो पाखे । हामीलाई विकासले ठगेको छ ।

भुकम्पले भत्काएको विद्यालय बन्न सकेको छैन अरनीको सडकबाट दुई किमि पारीको गाउ भएर पनि बिकास हुन सकेन । भोटेकोशीमा मोटरपुल नबन्दा बाह्रबिसेबाट दुई घण्टा गाडीबाट लाग्ने हुदा सारैनै दुख भएकोले मोटरपुलको लागि र बिकासका लागि हामी नेपाली कांग्रेसमा प्रबेश गरेका हौ बिकास गरिदिए अब आउने चुनाबमा बाहिर नै देखाएर नेपाली कांग्रेसमा भोट हाल्ने उनिहरुले बताए । नेपाली कांगे्रसले विकास गर्दिने भने पछि घुम्थाङका २ सय भन्दा बढि एमाले कार्यकर्ता नेपाली कांगे्रसमा प्रबेश गरेका हुन । पार्टी प्रबेश कार्यक्रममा बोल्दै उनीहरुले दुखेसो पोखेका थिए । प्रबेश कार्यक्रममा महिला र पुरुषहरुको धरै मात्रामा सहभागि रहेको थियो ।

15300728_1776329365965809_1231125177_n
नेपाली कांग्रेसका सभासद, केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहोन बहादुर बस्नेतको प्रमुख आथित्यमा उनीहरुलाई पार्टी प्रबेश गराएका थिए । सभासद बस्नेतले बोलेको कुरा पुरा नगरे कांग्रेसलाई भोट नदिए हुन्छ हामी बिकास गर्छौ अनि भोट माग्छौ बिकास नगरे हामीलाई लखेटे हुन्छ उहाले भन्नुभयो । एमाले जस्तो जनतालाई झुक्याएर आश्वासन हैन हामी विकास गरेर देखाइ दिने भन्दै घुम्थाङबासीकोे सहभागिलाई सम्मान गर्नुभयो । पन्द्र दिन भित्र सडक मर्मतलाई ५ लाख दिने घोषणा गर्नभयो ।

विद्यालय, बिजुली, खानेपानीलाई चाडै नै पहल गरेर काम गर्ने र मोटरपुललाई अब आउने आर्थिक बर्षमा योजना पार्ने बताउनुभयो । यो देशमा कांग्रेसले मात्र विकास गर्ने ठोकुवा गर्नु भयो । विकासको कार्यक्रम गर्ने र नगरे मलाई ढुंगा हान्नुस भनेपछि घुम्थाङबासी अब विकास भएर गाउको मुहार फेरिने भयो भन्दै रागो खसी काटेर नाचगान सहित खुसि मनाएका थिए । पार्टी प्रबेसमा एमाले, माओवादी र राप्रपाबाट ५ सय भन्दा बढी कार्यकर्ता नेपाली कांगे्रसमा प्रबेस गरेको कार्यक्रम सभापति कृष्ण श्रेष्ठले बताए । कार्यक्रममा कांग्रेस जिल्ला नेताहरु हरिशरण श्रेष्ठ,  दोर्जे सेर्पा (हाउडे), जनार्दन कार्की बालकृष्ण बस्नेत, सांबु सेर्पा, सांदोर्जे सेर्पा, नेत्रबहादुर थापा, देबी बुढाथोकी, अमृत बुढाथोकीको सहभागि रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!