सात हजार क्विन्टल चामल गोदाममै थन्कियो

- December 2, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। जापान सरकारले उपलब्ध गराएको सात हजार तीन सय क्विन्टल चामल विगत छ वर्षदेखि नेपाल खाद्य संस्थानका गोदाममा थन्किएको छ ।  जापानले खाद्यान्न सहयोगअन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको चामल मुलुकका विभिन्न ठाउँमा रहेका खाद्य संस्थानका गोदाममा थन्किएको हो । संस्थानको देशभरका कार्यालयमा ६ हजार २०० क्विन्टल तथा थापाथलीस्थित कार्यालयमा एक हजार १०० क्विन्टल थन्किएको छ । उक्त चामल खान हुने हो कि होइन भनेर निक्र्यौल हुन नसक्दा संस्थान अन्यौलमा छ । नेपाल खाद्य संस्थानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सो जानकारी दिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि आपूर्ति मन्त्री दीपक बोहराले उक्त चामल नेपाल ऐकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी९नाष्ट०मा परीक्षण गरी चामल खान हुने ठहरिए बिक्री गर्न र खान नहुने ठहरिए नष्ट गर्न निर्देशन दिनुभयो । उहाँले खाद्य संस्थानलाई बलियो बनाएमा सरकार तथा संस्थानको मात्र हित हुने नभई चामलको व्यापारीद्वारा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण तथा उपभोक्तालाई ठग्ने वातावरण बन्न नसक्ने बताउनुभयो । मन्त्री बोहराले अहिलेको युगमा खाद्य संस्थान प्रविधि तथा कम्युटर प्रणालीबाट सु–सज्जित हुनुपर्नेमा जोड दिँदै हालसम्म कम्प्युटर प्रणाली नहुनु दुःखद भएको बताउनुभयो ।
खाद्य संस्थानलाई बलियो बनाई समय अनुसार परिवर्तन गर्न संस्थानले कार्य योजना तथा व्यापार योजना निर्माण गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयका सचिव प्रेमकुमार राईले भौतिक सम्पत्ती पर्याप्त भएको खाद्य संस्थानले जनताको सेवाका लागि समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न पु¥याउनुपर्नेमा जोड दिनुभयो । महाप्रबन्धक डा शिवहरि श्रेष्ठले सरकारको निर्देशन अनुसार दुर्गम क्षेत्रमा बङ्गलादेशबाट प्राप्तसहित संस्थानमा रहेको चामल नियमित रुपमा पठाउँदै आएको बताउनुभयो । नेपाल खाद्य संस्थान कर्मचारी सङ्घका अध्यक्ष माधव अर्याल, नेपाल खाद्य संस्थान कर्मचारी युनियनका अध्यक्ष गोविन्द पहाडीले समेत आफ्नो धारणा राख्नुभएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!